एमाले पार्टि होइन क्लब हुँदैछ ।



बिचार/राजनिति

प्रधानसेनापतिलाइ स्पस्टिकरण लिएको बिषयलाइ लिएर दुइचिरामा बिभाजित भएको एमालेले आजपनि स्पस्टिकरण बिषयमा कुनै ठोस निर्णय गर्न सकेन । त्यसोत संकटको उचित निकासका लागि परेको समय मा ठोस निरण गर्न नसक्नु एमालेको “मौलिक सिध्धान्त “नै भने हुन्छ , कदाचित एमाले ले निर्णयनै गर्‍यो भनेपनि गोलमटोल भाषा, दुइअर्थि र अस्पस्ट बिचार एमाले का मौलिक चिनारि हुन । अझ भन्ने हो भने भोलि कुनै दिन एमाले यो वा अन्य कुनौ बिशयमा गरेको निर्णय कुन पक्ष, बा बिपक्ष मा गरेको हो, छुट्ट्याउन भने २ महिना लाग्छ् ,। हजार जिब्रा भएका शेष नागले त हत्तपत्त छुट्याउन सक्दैनन् भने ……….
त्यसै भनेको हो र एमाले लाइ बसपार्कमा बस कुरको यात्री भनेर ? नेता त धेरै छन् एमालेमा, एक से एक नेता, खरा नेता, ज्ञानि नेता, पैसावाल नेता, बैचारिक नेता, पढैया नेता आदि आदि। तर निर्णय गर्न सक्ने नेताको भने खडेरी नै भने हुन्छ । बुद्धि, बिबेक, सोच, सिद्धान्त होइन, क्षणिक फाइदा, त्यो पनि राजनितिक रुपमा होइन, ब्याक्तिगत फाइदाका लागि चलेको “क्लब” भने हुन्छ एमालि लाइ । धन्न औपचारिक रुपमा ब्यापार, ब्याबसाय सुरु गरेको छिन एमालेले , नत्र ब्यापारीको पनि कहाँ कमि छ र एमाले मा? नपत्याए रघुबिर महसेठ, भरतमोहन अधिकारी हरुलाइ हेर्नुहोस-(महासेठले त तेरो हो कि मेरो मोबाइल कम्पनि नै किने क्यार हिजो)।
क्लबमा थरि थरि बिचार बिमर्ष गर्छन, आफुलाइ सहज भए,फाइदा भए तालि ठोकेर नत्र गालि ठोकेर फर्कन्छ् र आफ्नो नियमित कार्यमा ब्यस्त हुन्छन । अझ फुर्सद् भए क्लब जाने हो नत्र ब्यस्तताका कारण जादैनन । दुइ चार जना अनुपस्थित भए त ठिकै हो तर हर्त कर्ता नै अनुपस्थित भए चै बैठक स्थगित हुन्छ। एमाले त्यस्तै क्लब हो जसको बैठक पनि अगुवाको ब्यस्ततामा निर्भर छ । केन्दिय कमिटि सम्म आइ पुगेको सेनापति स्पसटिकरण समयमै निर्णय गरेर तरल रुपमा रहेको राजनितिलाइ एउटा स्थिरता दिन सक्ने बल एमाले को “कोर्ट” मा आएको छ । एमाले को यस वा नो ले यो बिषय किनारा लगाउन सक्छ । तर एमाले न त आफु निर्णय गर्न सक्छ , न त अरुले गरेको कामको मुल्याङ्कननै ।

झलनाथ/मलनाथ मात्र होइन , मदन भण्डारि ले छोडेर गएपचि को माधब नेपाल/खडग ओलि प्यानलले पनि केहिलछारपाटो लगाउन सकेको होइन , अझ यो भन्दा पनि सोझो भाशा मा बोल्ने हो भने एमाले लाइ अहिलेको “दयनिय” अबस्था मा पुर्‍याउने श्रेय कामरेड द्वय माकुने र ओलि लाइ जान्छ , झलनाथ त भर्खर आएका हुन् ।
पिध नभएको लोटा भनेर त्यसै भनिएको होइन रहेछ एमाले लाइ । नत्र खोइ जिम्मेवार पुर्ण ब्यबहार देखाएको एमाले ले? सडक नाटक हेर्न अब केहि गर्नु परेन, एमाले बैठक / निर्णय हेरे हुन्छ । केन्दिय कमिटिले स्थाइ कमिटि लाइ जिम्म्मेवारी सार्ने । स्थाइ कमिटी बैठक बस्न नसक्ने , अनि कस्लाइ सार्ने जिम्मेवारी?
अब एमाले पार्टी,पार्टी जस्तो रहेन , क्लब ले नेपाल को आजको सङ्क्रमणकालिन राजनितिक अबस्था बाट निकास दिन के चै गर्ला र खोइ?

Advertisements

4 thoughts on “एमाले पार्टि होइन क्लब हुँदैछ ।

  1. sorry for that……. kina huna gayo yasto….
    tapaiko lekh dherai ramro lagyo, sabaiko janalai chaso bhayako kura tapaile uthaunu bhayako rahecha, ma daily tapaiko blog visit garne garthe.. aaja ko yo lekha yemale lai aafno bhagya thanne tamam nepali harulai tapaile nai puryanu partho bhanne mero man ma lagyo… tapaikai nam bata pathaun tapai ko bare ma malai jankari nabhayako ra tapai aafu expose huna nachahane pani huna saknu hune bhayakole maile yo risk uthayako hu. nepali sabailai yo bare ma jankari hos vanne matra mero chahana ho…

    sorry ma tapaiko srijana lai salam garchu…. ra aafno galti prati ma lajjit ra hin bhayako chu.

  2. कुरो सोरै आना अर्थात सतप्रतिसत सत्य अनि साँचो हो र यो रोग अहिले एमालेमा मात्र हैन सबै गणतन्त्रे पार्टीमा सल्क्या छ ! नपत्याए महान कामरेड प्रचण्ड लाइ लिनुस …घाम जस्तै छर्लंगै हुन्छ ! अहिलेको स्थितिमाभन्ने हो भन्ने पिँध नभाको लोटा प्रचण्ड माड्साब हुन् !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w