ट्यागहरु

, , ,


झटारो

बिहानको आठ पनि बजेको थिएन, एकजन जबान हस्याङ्फस्याग गर्दै आए र ढोका ढक-ढक गरे -पुष्पकमल प्र।म. यानी प्रचन्ड सुकुला भैबक्सेको थियो । कती राम्रो सपना दिखिरहनु भएको थियो,बित्थामा ब्युझाइदियो……….
उहाँ आउनु भएको छ ।जवान ले कुरा सक्न नपाउदै प्रचन्ड ले सोध्नुभो -को उहाँ ?
उहाँ, अर्थात उहाँ सर ……. अ …… ढोकै मा राजदुत सुद देखा पर्नुभो ।
ल परेन फसाद ! प्रचन्ड ले हत्तपत्त पाइन्ट लागाउनुभो, छोरालाई बोलाउनु भो, कपाल कोर्नुभो, कुर्शी तान्नुभो र निन्याउरो अनुहार लगाएर सुदलाई हेर्नुभो ।
के शोच्नु भो? सुदले सोध्नुभो ।
“केही सोचीन ” प्रचन्ड ।
“हटाउने हो सेनापती कटवाललाई ” सुदले सोध्नुभो ।
‘कटवाललाई नहटाउने हो भने आँफैलाई हटाउने भए ‘ प्रचन्डले गुनासो गर्नु भो।
त्यो त स्पस्टै छ नि -सुदले घुमाउरो पाराले ब्यङ्ग गर्नु भो र खल्ती मा हात हाल्नुभो।
सुदले खल्ती बाट सेतो कागज निकाल्नु भो – प्रचन्ड प्र म को सातो गयो,कतै बर्खास्ती को चिठ्ठी को हो कि ?
के हो यो – प्रचन्ड ले सोध्नुभो ।
स्पष्टिकरण- सुद को छोटो उत्तर ।
के को स्पष्टिकरण ? प्रचन्ड
‘तपाइले कटवाल लाई स्पष्टिकरण सोध्नुको कारण के हो-त्यस्को स्पष्टिकरण २४ घण्टा भित्र दिनुहोस -सुद ।
मलाई सन्चो छैन, ज्वरो आएको छ, स्पष्टिकरण दिन सक्दिन -प्रचन्ड बाटारिनुभो ।
सुदले पुन अर्को खल्ती मा हात हाल्नुभो र अर्को एउटा सेतो प्याकेट निकाल्नुभो ।
के हो यो अर्को प्याकेट ? प्रचन्ड
सिटामोल -सुद
प्रचन्ड जिल्ल प्रर्नु भो ‘म बिरामी भएको तपाइलाई थाहा थियो ?’
मलाई भारतले किन राजदुत बनाएको ? सुदले प्रश्न गर्नुभो,यै जानकारी राख्न त हो नि ।
प्रचन्डले सिटामोलको प्याकेट ओल्टाइपल्टाइ हेर्नु भो -यसमा त मेड इन ईन्डिया लेखेको छ नि ? यो सिटामोल ले मेरो ज्वोरो हट्ला त ?
अबस्य- राजदुत सुद मुस्कुराउनु भो -पहिला पहिला गिरिजा पनि यही सिटामोल खान्थे, ज्वरो त के कोइरालाको टाइफाईड त ठीक भएको छ । बिशेष सिटामोल हो यो -डाइरेक्ट इमपोटेड फ्रम देल्ली ।
“यसो गरौ ‘ प्रचन्ड ले सिटामोल खल्तिमा हाल्दै भन्नु भो ।
कसो गरौ ? सुद ले सोध्नुभो ।
स्ट्रोग कफी पिउ पहिला एक-एक कप -प्रचन्ड ले टेबल बेल थिच्नुभो ।
****************************

‘२४ घण्टामा कसरी लेख्ने स्पष्टिकरण ” प्रचन्ड गम्भिर मुद्रामा .
जसरी कटवाले लेखे- सुद
प्रचन्ड ले एक टक ले सुदलाई हेर्नुभो,हासुकी रोउ मुद्रा बनाउनुभो, कफी घुटुक्क पार्नु भो, र अन्त मा पिच्च थुक्नुभो .
‘स्पष्टिकरण चै नदिउहोला’-अन्तमा प्रचन्द ले भन्नुभो ।
‘ठिक छ। त्यसो हो भने कटवाल लाई नचलाऊनु होला ‘ सुदले मानौ उर्दी जारी गर्नुभो ।
प्रचन्ड ले पुन केहीबेर गम खानुभो।
एक दुई दिन सोचौ , छलफल गरौ, प्रचन्डले प्रस्ताब राख्नु भो ।
“२४ घण्टा भित्र…………. ” सुदले पुन भन्नु bho.

‘यसो गरौ” प्रचन्ड
कसो गरौ फेरी ? सुद कडकिनुभो ।

प्रचन्डले सिटामोल खोल्नुभो, चार-पाँचवटा सिटामोल चपाउनुभो र पानी घुटु-घुटु पार्नु भो ।
पाँच मिनिटजती चुप चाप बसे पछी प्रचन्ड ले भन्नु भो -यती सिटामोल ले ta काम नगर्ला जस्तो छ, अरु सिटामोल ल्याउनुहोस ।
ला……. सिटामोल त सकियो । दुताबासमा भएका सबै भेला गरेर ल्याएको , सुदले भन्नु भो ।
म कोइराला जस्तो होइन नि, दुइ-चार वटा सिटामोल-पेन किलर ले केही हुँदैन । प्रचन्ड ले स्पस्ट पार्नुभो ।
त्यसो हो भने यसो गरौ -सुद्ले बोल्न नपाई प्रचन्ड बोल्नुभो- तपाईं सिटामोल लिन दिल्ली जानुहोस।
र सुद दिल्ली जानु भो ।

सुदले दिल्ली बाट कस्तो सिटामोल ल्याउनुभो कुन्नी , यता प्रचन्ड को भने ज्वोरो बढेर बर्बराउन थाल्नुभाछ ।