ट्यागहरु

, ,


के सेनाले कु को तयारी गरेको हो ?
अपडेट:
एमाले द्वारा सरकार बाट बाहिरिने निर्णय
सरकार बिरुद्ध अबिश्वास प्रस्ताब् ल्याउने तयारी
अबिश्वास प्रस्ताब ल्याए सामना गर्ने बाबुराम भट्टराई को भनाइ
कटवाल ले सरकारको पत्र बुझे ।कानुनी उपचार खोज्न अदालत जाने तयारी

अपडेट:

नागरिक समाज द्वारा सरकारी निर्णयको स्वागात- नागरिक सर्बोच्चता कायम रहेको धारणा
ठाउ-ठाउमा समर्थन र बिरोध मा प्रदर्सन

कांग्रेस र एमाले आंतरिक परामर्श मा ब्यस्त
राष्ट्रपति द्वारा कानूनी परामर्श सुरु
काठमांडू मा कर्फुको अफ़बाह
अब के होला ? सर्बसाधारण त्रासमा

बर्खास्त गरीएका प्रधानसेनापती रुकमाङद कटवाल ले सरकार को पत्र बुझ्न नमानेका मात्र होइनन सरकारी निर्णयको अवज्ञा गर्दै सैनिक मुख्यालयम सेनापतिकै हैसियतमा कामकाज गरेरहेका छन । कानुनी रुपमा सर्बोच्च अदालतमा मुद्दा हाल्ने वा खड्का लाइ बन्दी बनाएर राष्ट्रप्तिको आडमा सैनिक शासन लगाउने दुबै बिकल्पमा अहिले गम्भिर छलफल चलिरहिको छ सैनिक मुख्यालयमा। अन्य जर्नेल हरुले राष्ट्रपती लाई मोहोरा बनाएर सैनिक शासन लगाउन कटवाल लाई दबाब दिइ रहेका भएपनी कटवाल के गर्ने भन्ने टुङगो मा पुग्न सकेका छैनन । श्रोतका अनुसार सेनालाई उच्च सतर्कतामा राखिएको छ र मुख्यालयको आदेस पर्खन निदेशन दिएको छ । यता माओवादीले पनि आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ । अस्ती मइ दिवसको दिन आराम गर्ने बहानामा लप्सिफेदी पुगेका प्रचन्ड ले आफ्ना सेनाका कमाण्डरहरुलाइ भेटेर आफ्न सेनालाई तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए । स्मरण रहोस लप्सिफेदी जनयुध्यकाल देखी नै माओवादीको सुरक्षित आस्रयस्थल हो । राजधनी र वरपर केन्द्रित आक्रमण र योजना माओवादीले लप्सिफेदी मै बसेर बुन्थे ।
सेनाले कु गरेमा त्यस्को पर्तिकार कसरी गर्ने भन्ने योजना माओवादीले तयार गरेसकिको र सेनाले पनि भित्र भित्रै आफ्नो तयारी गरेको ले मुलुक फेरी एकपल्ट गम्भिर मुठभेडमा जाने निस्चित छ । अघिल्लो पल्टको “यच” आवरको सुचना चुहिएको ले पनि सेना पुरा तयारी का साथमा एक्सन लिने तयारी मा रही जस्तो देखिएको छ । शायद आज साझ सम्ममा यो पर्दामा मा आउने छ ।