रामबरण यादबले रुक्माङद कटवाल लाई हटाउने सरकार को कदमा लाई चुनौती दिदै कटवाल लाई सेनापतिको हैसियतमा साबिक काम काज गरिरहन निर्देसन दिए पछी अब संनिक मुख्यालयमा दुइजना सेनापती कायम रहेका छन । राष्ट्रपतिको यो कदम सँगै देशमा गम्भिर संबैधानिक संकट देखा परेको छ । बालुवाटार र सितलनिवास बिचको यो जुवारिले संबिधान निर्माण र जारि शान्ती प्रकृया समेत अबरुध्ध हुने
संकेत समेत देखा परेको छ ।
यता प्रधानमन्त्रीले भने राष्ट्रपतिको कदम लाई जननीर्बाचित सरकारको अपमान गर्ने कदम भनेका छन भने बाबुराम भाट्टराइले संम्बैधनिक कु ।
के होला अब ?

राष्ट्रपतिको कदम ले देशमा एउटा गम्भिर संकट सुरु भएको छ । नेपालको अन्तरिम संबिधान ले राष्ट्रपतिलाई कुनै किसिमको कार्यकारी अधिकार दिएको छैन । सरकारले गरेको कुनै पनि निर्णय उल्टाउने,सच्याउने वा खारेज गर्ने अधिकार राष्ट्रपतिलाई छैन तर आफुमा नभएको अधिकार देखाएर राष्ट्रपती ले संबिधान र कानुन को खिल्ली मात्र उडाएका छैनन, जननेर्बाचित सरकार को कदम लत्याउदै सेनाको आडमा सैनिक कु गरेर तर्साउने काम गरेका छन । राष्ट्रपतिलाई चेतना होस, सेनाको भरमा शासन चलाऊने सपना उन्को आफ्नै ज्ञानेन्द्र पथको सुरुवात हो, ढिलो चाडो सितलनिवास बाट अर्को कुनै नगर्जुन वा गोकर्ण यात्राको शुभ-मुर्हत हो ।
यता एमाले आफ्नो नेत्रीत्वमा सरकार बनाउने दिवा सपनामा मस्त छ । काङ्रेसको साथ लिएर एमाले सरकार चलाऊने, माधबकुमार लाई प्रधानमन्त्री बनाउने । तर के सबभन्दा बढी जनमत (एमाले र काङ्रेस दुबै को मत बराबर ) ल्याएर निर्बाचित माओवादीलाई सरकार बाहिर राखेर एमाले ले सरकार चलाऊन सक्ला ? त्यसैत एमाले ले आफ्नो औकात पटक पटक देखएसकेको छ , ढुल्मुले निती देखाइ सकेको छ र कुनै पनि महत्वपूर्ण बिषयमा निर्णय गर्न नसक्ने आफ्नो चरित्र देखाइ सकेको छ । आफै दुई धारमा बिभाजित एमाले ले देश लाई कती धारमा बिभाजन गर्ला ?

एउटा गीत छ, कस्ले दियो झिल्के लाई लाईटर , हाम्रा राष्ट्रपली लाई पनि कस्ले लाइटर दिएछ , राष्ट्रमै आगो झोस्ने ?