ट्यागहरु

, , ,


सेनापती बिबादले ९ महिना देखी सरकार चलाऊदै आएका पुष्पकमल दाहाल प्रचन्ड को कुर्सी त गुम्यो,तर के यो प्रकारणमा मुछिएका रुक्माङद कटवाल र “कानुन जान्ने “रास्ट्रपती रामबरण यादवको कुर्सी चै बच्ला ? अब कदाचित भोली अदालत ले राष्ट्रपतिको कदम् लाई पनि असंबैधानिक घोषणा गर्‍यो भने राष्ट्रपती के गर्लान ? प्रचन्ड ले झै सजिलै सँग राजिनामा देलान वा सेनाको आडमा पुन घुर्की देखएर कुर्सिमा टासिएर रहलान ? अनी कटवाल के गर्लान ? कि मलाई बाचाइदेउ भनेर अदालत गुहार्लान ?

जे भएपनी यो प्रकारण ले प्रचन्ड को कुर्सी मात्र होइन , रामबरण यदवको कुर्सी पनि बच्ने संभाबना कम छ । यता रुक्माङद कटवाल ले अदालत जानु सट्टा राष्ट्रपती को शरणमा गएर अर्को गल्ती गरेका छन । भोली अदालतले राष्ट्रपती को आदेस् खारेजेको निर्णय गर्‍यो भने कटवाल कुन मुख लिएर अदालत जालान ?

राष्ट्रपती को कदमले जारी सान्ती प्रकृया लाई समेत अबरुध्ध पारेको छ । राष्ट्रपती सम्पूर्ण देशको हुन्छ , तर रामबरण ले काङ्रेस का मात्र
राष्ट्रपती हुन जुन कोशीस गरे,समयन्तरले यो कदम उनैका लागि गालाको पासो हुनेछ .

अर्को तर्फ नेपालको हालैको संबिधान सभाको निर्वाचन उपनिर्वाचन ले देखाएको छ कारीब ३० प्रतिसत मतदाता मात्र होइन, भोट हाल्न नपाउने र बिबिध कारण बस भोट् हाल्न नपाएका कारीब २० प्रतिसत गरी देशको आधा जनाताको मत लिएर बसेका माओवादी समर्थक जनताहरु, यो देश मा जुनसुकै प्रकारको सुनामी ल्याउन मात्र होइन, कसैलाई सत्ता र कसैलाई कित्तामा पुर्‍याउन सक्षम छन । उनिहरुलाई बाइ पास गरेर एमाले -काङ्रेस ले जनतालाई कस्तो सुशासन देलान ?

जस्ले जे भने पनि, जस्ता तर्क गरे पनि माओवादीलाई साथमा नलीइ यो देशमा सरकार चलाऊने त के सरकार बनाउने पनि सम्भब छैन ।