ट्यागहरु

, ,


लोकतन्त्र बिधिको शासनले चल्ने कुरा हो ,कुनै ब्याक्ती राम वा बलराम को सनक र लहडमा होइन । कानुनी साशन, लोकतन्त्रको मर्म हो,मुटु हो । लोकतन्त्रमा सम्मती र बिमती राख्न पाईन्छ । आफुलाई लागेका कुरा लेखेर बोलेर सुनेर र सुनाएर सहमति र असहमती जनाउन पाईन्छ तर कानुन सम्मत ।

बिधिको सासन, कानुनको सर्बोच्चता र संबिधानको पालना गर्ने सपथ खाएर राष्ट्रपती बनेका हाम्रा महामहिम (?) राष्ट्रपती ले के गरे ? कस्तो कदम चाले ? र उनको कदम ले भाबी नेपाल-नेपाली को भबिष्यमा के असर (कु-असर) पर्छ ? किन भने राष्ट्रपली काङ्रेस, एमाले को मात्र हुँदैनन , देशका सबै जनता, जुनासुकै बिचार र जुनसुकै मत राख्ने जनाताको साझा राष्ट्रपती हुनु पर्ने रामबरण ले कस्को उक्साहट, कस्को आसिर्बाद र कस्को धोती समातेर निर्बाचित सरकार लडाउने-भिडाउने गरी सेनाको आडमा कु गरे ।
के गर्लान अब राष्ट्रपतिले ?

राष्ट्रपती ले आउदो २६ गते भित्र सहमति जुटाइ नयाँ सरकार बनाउन आबहान त गरे तर आगामी २६ गते त के अर्को २६ गते भित्र पनि सरकार बन्ने सम्भाबना न्युन् छ ।
संसद र सडक दुबै तिर बाट आन्दोलन चर्काउने निर्णय गरेको माओबादिले कटवाल लाई करबाही र राष्ट्रपती ले माफि माग्नु पर्ने अडान राखेको छ । के माफि माग्लान त राष्ट्रपती ले ? अरुको उक्साहटमा लागेर जन निर्बाचित सरकार गिराउने खेलमा लाग्ने खलनायक राष्ट्रपती ले त्यती सजिलै माफि माग्लान ? पत्याउन सकिदैन । उता एमाले को चरित्र र फोरम को मौका परस्त राजनीति हेर्दा पनि तत्कालाई कुनै सरकार बन्ने र संसद चल्ने दुबै सम्भाबना देखिदैन ।

एउटा जाबो सेनाको प्यादको पछी लागेर रामबरण ले आफ्नो निधारमा कलंक को टिका मात्र लगाएनन अपितु जारी शान्ती प्रकृया र संबिधान लेखन प्रकृया लाई समेत मसानघाट पुर्‍याए । आगामी ईतिहासले उन्को कार्य को समिक्षा त गर्लानै । अरुको उक्साहाटमा लागेर सत्ता गिराउने बनाउने खेलमा लागेर राष्ट्रपती ले जुन असंबैधानिक कदम चाले, त्यस्को जवाफ भबिष्य ले पक्कै माग्ने छ । सत्ता गिराउन , बनाउन, सेनाको गुलामी गर्न जनताले न एमाले काङ्रेस, माओवादीलाई जिताएका हुन, न त रामबरण लाई राष्ट्रपती नै बानाएको हुन । तर नालायक हरुले जनाताको अभिमत लाई तिलान्जली मात्र दिएनन , भद्रगोल बनाए देसलाई । एक दिन जनताले त्यसको हिसाब किताब पक्कै माग्ने छन , जवाफ छ राम, बलराम, बाबुराम हरु सँग ?

अब को निकास

अब समस्याको एउटै निकास छ -रामबरणको रजिनामा, कटवालको बिदाइ र काङ्रेस पनि सम्मिलित साझा सरकार । नत्र भड्खालोमा जाने भो देश । त्यसको पहिले पहल रामबरण ले नै गर्नु पर्छ । अझ पनि धाक धम्की को बिज्ञप्ती जारी गरेर उक्साहट र बुइ चढेर राष्ट्रपती कुर्लन थाले भने भिरमा पुगेको यो मुलुक लाई ईन्द्र त के उस्को बाउ चन्द्रे ले पनि बचाउन मुस्किलै पर्ला ।
रामबरण ले राजिनामा नदिने हो भने न त सान्ती प्रकृया टुङो मा पुग्ने भो न त नयाँ संबिधान नै बन्ने भो । समस्याको गाठो फुकाउन प्रचन्ड ले जसरी बिना हिच्किचाहट र सहज तरिकाले निकास दिए, राष्त्रपती महोदय, अलिकती टाउको भित्र को गिदिमा गूदी छ् भने , पद छोडेको सबभन्दा राम्रो । त्यसो गरे तपाईंको मात्र होइन , सबैको कल्याण हुन्छ । त्यसै पनि २-४ जना वकिल ले तपाईं को कुर्सी जोगाउने सम्भाबना ततकाल लाई देखिदैन । पैसाको ब्यापार गर्ने हुन वकिल-टिकाराम / भिमार्जुन -जे पनि बोल्छन तर सर्बोच्च न्यायालया दुई चार जना वकिल को सनक को भरमा शायद नचल्ला ।