ट्यागहरु

, , ,


सेनाले जतिसुकै आफुलाई राजनीति गर्दिन । हामी सरकार को आदेश मान्छौ भने पनि माओवादी सरकार ढल्ने बित्तिकै सेनाले मिडियालाई ढाल बनाएर एर्को प्रपोगन्डा सुरु गरेको छ र जानी-नजानी नेपालका मिडिया हरु सेनाले उपलब्ध गराएको भिडियो देखाएर सर्बसाधारण मा भ्रम छर्ने कोसिस गर्दै छन । सेनाको प्रोपगन्डा लाई मिडियाले आँखा चिम्लेर हो मा हो मिलाउन मिल्छ ? मिडियाले देश संकटमा पारेको बेलामा सम्यमित हुनु पर्छ कि पर्दैन ?

सेनाले उपलब्ध गराएको २०६४ पौष मा प्रचन्डले गरेको एउटा सम्बोदनको बिषयलाई लिएर आज इमेज च्यानल लगाएत नेपालका आफुलाई ठुला ब्भनाउदा मिडिया हरु को-कोहोलो मच्चाइरहेका छन । सेनाले दिएको भिडिओ लाई एक्स्क्लुसिब न्युज बनाएर, अहिले देश संकट मा परेको बेला- कु बेला को राग दिन भर जप्नु को के अर्थ हुन्छ ? हिजोको कथित राजाको गुणगान गाउँने इमेज च्यानल लगायत ले अहिले आएर बेमौसमी राग बजाउनुको के कारण छ ? यो सेना सँग मिलेर गरेको प्रायोजित प्रपोगन्डा किन गर्दै छन नेपाली मिडिया हरु ?

संबैधानिक संकटले देश अधोगती तर्फ गएको बेला समस्या चर्काएर “बासुरी बजाउने “काम नेपालका ठुला भनाउदा मिडियाले नगरुन । युद्ध माओवादीले अहिले छोडेको छैन ,बिसाएको मात्र हो। जिस्काएर पुन माओवादीलाई युद्ध मा फर्काउने कसरत कसैले नगरुन । सबैको आफ्नो कार्ययोजना , रणनिती हुन्छ,जसलाई समय समयमा रुपान्तरण परिवर्तन गर्दै समयसापेक्ष बनाइन्छ । नेपाली मिडिया हरु २०६४ को भाषाणलाई आज दुई बर्ष पछी आएर कसरी माओवादीको रणनिती,कार्यनिती भनेर व्याख्या गर्न सक्छन ?