हामी सरकार बनाउन वा टिकाउनका लागी कुनै बिदेशी प्रभु हरु सँग झुक्दैनौ , बरु सत्ता छोड्न तयार छौ भनेर धमास दिएका थिए प्रचन्डले सरकार छोड्ने बेलामा । तर प्रचन्डको त्यो धमासको पोल खोलिदिएको छ आजको हिन्दू ले ।
hindu

सेनाप्रती हटाउन का लागि आफुलाई सहयोग गर्न नेकै अनुनय बिनय गर्दा पनि सुनुवाई नभए पछी पो प्रचन्ड ले भारतलाई धारे हात लगाएका रहेछन । नत्र त प्रचन्ड पनि उही ड्याङ का मुला त रहेछन नि । हुनत ठुला ठुला कुरा गर्ने र काम गर्ने बेलामा माखो नमार्ने नेपालका कम्युनिस्ट हरुको पुरानै रोग हो । प्रचन्ड पनि कहाँ अछुतो रहन्थे र ! सेना लाई मनाउन एक उच्चस्तरिय दुत पठाइ देउ भनेर बिन्ती बिसाउदा भारत ले ठाडो कान् नलाई पछी पो पारो तातेको रहेछ त प्रचन्ड को । हुन पनि हो नेपालका कुन चाँही नेता हरु होलान भारतको सर नपर्ने ? अझ प्रचन्ड त भारतिय राजादुत सुद लाई नसोधी सिन्को नभाच्ने नेता परे । जनयुद्ध देखी नै आफुलाई आश्रय दिएका भारतियले अहिले आएर बेलामा साथ नदिदा किन रिस नउठोस त प्रचन्ड लाई । आखिर भरतको गुलामी नगर्ने कुनै नेता जन्मेका रैनछन नि नेपालमा ।

हिन्दू मा प्रचन्ड को इन्टरभ्यु हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Advertisements