ट्यागहरु

, , , ,


अपडेट-

मदेशी जनअधिकर फोरम ले एमालेको नेत्रित्वमा सरकारमा नजाने निर्णय गएको छ । माधव नेपाल को प्रधानमन्त्री बन्ने सपना पुरा होला त ? अनी गिरिजा बाबु, हिजो आँफै लाई थुन्ने राजाका बफादार सिपाही कमल थापा लाई ढोग्नु अली हजम भएन नि ?
*************************
ससद को सबभन्दा ठुलो दल माओवादी र फोरम मिलेको खण्डमा माधव कुमार को दौरा सुरुवाल ले प्रधानमन्त्रीको तक्मा लगाउन यस पटका पनि नपाउला जस्तो देखिएको छ । अरु यो तक्मा त उपेन्द्र यादवको धोती कुर्ता ले पो लगाउला जस्तो छ । जे भने पनी नयाँ सरकार को टुङो आज बेलुकी सम्म्मा लाग्ने जस्तो देखिएको छ ।
jana disha

संबिधान बनाउने जनमत पाएका हाम्रा सभासदहरु फेरी एक पटक सरकार बनाउने, सत्ता टिकाउने फोहोरी खेलमा लागेका छन । जनताले संबिधान बनाउने अभिभारा सुम्पिएर पठाएका भए पनि उनिहरु को प्र म बन्ने को सरकार मा जाने भन्ने तुच्छ खेल मा मस्त छन ।
संबिधान मस्यौदा समितिका सभापति माधव कुमार नेपाल आफै काम्कुरो एकातिर -कुम्लो धुनमा बोकी दामन तिर भनेझै आफै पुच्छर उचालेर दौडेका छन ।
नेपाली काग्रेसको पुच्छर समातेर बैतर्नी तर्ने सपना देखिरहेको छ एमाले । आफु बाहेक अरुलाई प्रधानमन्त्रीको कुर्सिमा कहिल्यै देख्न नसक्ने गिरिजा प्रशाद, र आफु बाहेक अरुलाई सत्ता मा देख्न नसक्ने काङ्र्स अहिले किन एमाले लाई सत्ताको ताला चाबी सुम्पन खोज्दै छ ? काङ्रेस आफुले भने अहिले सम्म आफु सरकार जाने कि नजाने भनेर कुनै निर्णय समेत नगरको अवस्थामा एमाले भने किन ३ भित्ता उफ्रेर हिडेको होला ?

के उपेन्द्र यादव होलान त प्र म ?
बार्‍ह बुदे हुँदै २०६२-६३ को जन आन्दोलन का सहयात्रि एमाले, काग्रेस र माओवादी आ-आफ्नो इगो को कारण ले नेपालमा पुन सरकार बनाउने र लडाउने खेल सुरु भएको छ । दल हरु बिच को आपसी खिचातानी ले संबिधान लेखन मात्रा होइन जारी शान्ति प्रकृया समेत अबरुध हुने संकेत देखा परेको छ ।
‘सौताको रिसले पोइको काख ……. भनेझै गौर घटना देखी एक अर्काका कट्टर दुस्मन बनेका फोरम र माओवादी अहिले एउटै कित्तामा उभिन पुगेका छन भने हिजो एक मदेश एक प्रदेश को खुलैरै बिरोध गर्ने एमाले र काङ्रेस पनि फोरमा लाई मनाएर सत्ता चलाऊने तयारीमा छन । यता फोरमा को हिजो देखी बसेको केन्द्रिय समितिको बैठक मा पनि अधिकांस सदस्य ले आफ्नै नेत्रित्व मा सरकार बनाउने पर्ने माग राखेका कारण फोरम को बैठक लम्बिएको छ ।