ट्यागहरु

, ,


मदेशी जन्-अधिकार फोरम को बैठक,मा सरकारमा जाने बिषयमा भएको बिबादले उग्र रुप लिएको छ । उपेन्द्र यादव र जे पि गुप्ता आफ्नै नेत्रित्व मा सरकार जानु पर्ने आडान मा रहेका र ससदिय दल का नेता बिजय गच्छदार एमाले नेत्रित्व् को सरकारमा जानु पर्छ भन्ने आ आफ्नै आडानमा रहे पछी आज फोरम मा कुटाकुत को स्थिती आएको हो । माओवादीको ग्रीन सिग्नल पाएको फोरम आफ्नै नेत्रिव मा सरकार मा जानु पर्ने आवाज चर्को रुपमा उठेपछी आज गच्छदार ले भने छुट्तै पत्रकार सम्मेलन गरी केन्द्रिय समितिको निर्णय मान्न आफु वाध्य नभको जिकिर गरेका छन ।

माओवादीले भने तरल रुपमा रहेको नेपाली राजनीतिमा आज नयाँ पासा फ्याक्दै फोरम ले आफ्नै नेत्रित्व मा सरकार बनाए आफुले सरकार बाहिरै बसेर फोरम को सरकार लाई समर्थन गर्ने बाताएको छ । फेरी सुरु हुने भो सत्ता तानातन को फोहोरी राजनीति । हुँदा हुँदा अब त कमल थापा का पनि दिन फिरेछन । २ बर्ष हुँदैछ कमल थापाले राजाको गुलामी गर्दै आन्दोलनमा उत्रेका निर्दोस जनतालाई भुट्ने आदेस दिएको । कती चाडै भुलेछन नि दल हरुले । कती चाडै कमल थापा हरु फेरी नेपाली राजनीतिको मियो वरपर घुम्न आइसकेछन त ! भनेपछी ज्ञानेन्द्र शाह ले नआतिए हुने भएछ । कुनै दिन यही काग्रेस, एमाले,माओबादी गुहार माग्दै कसो नपुलान त नागर्जुन ? आखिर कमल थापा त टाढा भएनन भने नागार्जुन कती नै टाढा होला र ?

Advertisements