ट्यागहरु

, , ,


मन्त्री मन्डल बिस्तार हुन सकेन, सत्ता सझेदार दल भित्रै बिबाद
एमालेको नेत्रित्वमा २२ दल मिलेर सरकार बनाउने भने पनि आज भने १६ दल मात्र उपस्थित बैठक ले माओवादीलाई बाइपास गरेर सत्ता चलाऊने निर्णय गरेको छ । सत्ता सझेदार १६ दल को बैठक ले राष्ट्रपती रामबरण यादव ले कटवाल लाई पदमै बहाल रहन दिएको आदेस को समर्थन गर्ने र ततकालिन सरकार ले कटवाल लाई अबकास दिन गरेको निर्णय उल्टाउन सरकार लाई निर्देस गर्ने निर्णय गरेको छ । त्यसइगरी माओवादी द्वारा सदनमा दर्ता गर्ने संकल्प प्रस्ताब लाई संसदमा छलफल को लागि लान नदिने बरु सभामुखलाई प्रयोग गरेर हतार हतार जारी संसद अधिबेसन भोली वा पर्सी सम्ममा टुङाउने निर्णय गरेर जारी गतिरोध लाई मुठभेड मा परिणत गर्ने कोशीस गरेका छन ।

माओवादीलाई सबै दल मिलेर पेल्ने र भित्तैमा पुर्‍याउने नियत ले अरु दल हरु आन्तरिक रणनिती तयार गरेरहेको जस्तो देखिएको छ । माओवादी सरकार ले गठन गरेको राज्य पुनर्संरचना मन्त्रालय खारेज गर्ने मात्र होइन,न्याय कानुन र संबिधान सभा मन्त्रालय लाई संसदिय मन्त्रालय बनाउने भनेर जोरी खोज्ने काम एमाले र काङ्रेस ले सुरु गरेका छ्न । बोलिमा भने सत्ता समिकरणमा आउ भन्ने, व्यबहार ले भने लात हान्ने प्रब्रीती देखाएका छन एमाले र काङेस ले । अझ भर्खरै श्रीलंकामा सरकारी सेना ले लिट्टे लाई परास्त गरेपछी काङ्रेस र एमाले भित्र का अनुदार बादी खेमा -खड्ग ओली र राम चन्द्र पौडेल समुह हौसिएर नेपालमा पनि माओबादी लाई लिट्टे र प्रचन्ड लाई प्रभाकरण बनाउने दिवा स्वाप्न देख्न थालेका छ्न ।
यता सत्ता साझेदार दल हरु भित्रै को मन्त्री बन्ने भन्ने र कस्को नेत्रित्वमा सरकारमा जाने / आ-आफ्नो पक्ष लाई सरकारमा लाने भनी कलहले सरकार बिस्तार हुन सकेको छैन र चाडै बिस्तार हुने संकेत पनि छैन । एमाले भित्रै खड्ग ओली र जे एन खनाल बिच्को बिबादल ले को -को सरकार मा जाने भन्ने निर्णय हुन सकेको छैन भने फोरम मा कस्को नेत्रित्वमा जाने बिबाद छ , अझ काङ्रेस त सरकार मा जाने कि नजाने भन्ने सम्म निर्णय भएको छैन ।

सरकार को यो ताल हेर्दा बाबुराम भट्टराईले भनेझै तीन महिना भन्दा बढी सरकार टिक्ने संभाबना न्युन छ । आफु-आफु बिच कै बिबादले सरकार स्थिर हुन त सक्दैन सक्दैन -यसरी माओवादीलाई हरतरह बाट पेलेर जाने निती लिने हो भने मुलुक झन भयंकर दुर्घटना तर्फ जाने छ। किन भने हिजो को प्रधानमन्त्री को संबोधन एक प्रकारले माओवादीलाई ‘काउन्टर’ हो । माओवादीलाई सरकार मा आउछौ भने आउ नत्र एक्लै अघी बढ्ने संकेत हो, जसले अन्तत फाईदा माओवादीलाई नै हुनेछ जस्को सरकार ढल्नुलाई ‘ले-म्यान’ ले बुझेको के हो भने एमाले काङ्र्स, राष्ट्रपती र कटवाल मिलेर सत्ता बाट हटाएक हुन । जुन तथ्य जुन घाम जस्तै छर्लङ छ ।
पटक पटक पराल को खुट्टा उपनाम पाएका माधव कुमार ले बेलाई मा कम्तिमा नागरिक सर्बोच्चताको पक्षमा निर्णय गर्दै माओवादी लाई पनि साथ मा लिएर अघी बढुन, कम्तिमा यस्ले शान्ति प्रकृया लाई टुङोमा पुर्‍याउछ र नयाँ संबिधान लेख्न लाई गती दिन्छ ।

नेताको नाम का कलंक खड्ग ओली , राम चन्द्र पौडेल, इश्वोर पोखरेल आदी ले पनि बुढापाकाले भनेको “थुतुनु र मुतुन जोगाउनु ” भन्ने उखान को मर्म बुझेर दुबै जोगाउन । कम्तिमा राष्ट्रिय संकटको बेला जे मुखमा आयो , बोदै नहिडुन । नत्र थुतुनु / मुतुन दुबै नजोगिएला , म जस्ता सर्बसाधारण ले अहिले भन्ने यती नै हो ।