ट्यागहरु

,


झटारो

कामरेड ले साउथ ईण्डियन जुङा काट्नु भो, अनुहार फेसियल गर्नु भो, र अचानक कामरेड काजुकान्छा, कामरेड क्यासिनो रेस्टुरा, कामरेड दासाढुङा भण्डारी लाई डाक्नुभो ।
-क्याबात कामरेड,अब तपाईंको पालो सरकार चलाऊने। कामरेड काजुकान्छा ले पिठ्युमा धाप मार्दै भन्नु भो -नया प्रमलाई जुङाले सुहाउदैन ।

कामरेड भारत कुमार नेपाल हास्नुभो ‘बर्तमान परिपेक्षमा ज्योतिषी ओजराज उपाध्याय लोहनी को सल्लाह अनुसार’उचो स्वोरमा बोल्दै-मैले जुङा काटे
‘सार्है राम्रो’ काजुकान्छा कामरेड -बल्ल अब तपाईं र म उस्ता उस्तै भयौ ।

‘किन र कामरेड ? तपाइले पनि जुङा काटेको हो ?-कामरेड माकुने ।
कामरेड काजुकान्छा झस्किनुभो, माथ्लो ओठ छेउ हातको औंला लगेर छाम्नु भो, कालो निलो हुनु भो -कुरा के भने कामरेड -अब तपाईंको पनि जुङा छैन, मेरो पनि छैन,त्यसैले भनेको

– कामरेड क्यासिनो रेस्टुरा ले कामरेड काजुकान्छा तिर फर्केर सोध्नुभो – हैन कामरेड कुरा के भने , साच्ची तपाईं को दारी जुङा खोइ ?

काम्रेड काजुकान्छा लाई झोक चल्यो, भोक लाग्यो, तिर्खा लाग्यो,रिङ्गटा लाग्यो – जुरुक्क उठेर काजुकान्छा ले पत्रकार सम्मेलन गर्ने घोषणा गर्नु भो । पत्रकार सम्म्मेलन मा दारी जुङाको बारेमा ब्यापक बह।स भयो
*********************
शहरमा कामरेड भारत कुमार नेपालले दारी काटेको बिषयले ब्यापक चर्चा पायो । पत्रिका का पाना समाचार ले भरिए । खुब हल्ला खल्ला भयो । साथै कामरेड काजुकान्छा ले समेत जुङा काटेको चर्चा चल्यो ।
******************
कामरेड बिद्याबारिधी र कामरेड क्यासिनो रेस्टुरा को अचानक भेट भयो – लैन्चौरमा एकजना भित्र जादै थिए , अर्का बाहिर आउनै लागेका थिए।

कामरेड माकुने ले जुङा काट्नु भएको हो ?कामरेड बिद्याबारिधी

हो, हो । प्रधानमन्त्री हुन लाई रे । ज्योतिशिले भनेका रे -कामरेड क्यासिनो रेस्टुरा

अनी कामरेड काजुकान्छा ले पनि जुङा काटे रे, हो ?

बिद्याबारिधी कामरेड क्यासिनो रेस्टुरा रिसाउनु भो , नाकका पोरा फुलाउदै, फन्किदै भन्नु भो ‘हुनेले पो काट्छन त । हुँदै नहुने ले के काट्ने ?’जामा लाउने’

– ए ! उहाका दारी जुङा छैनन ? बिद्याबारिधी

२५ बर्श भो संगत गरेको । ख्वै अहिले सम्म देखिएन ?- क्यासिनो रेस्टुरा ।

कामरेड बिद्याबारिधी दङ प्रनुभो, मुसुक्क हास्नुभो र पत्रकार सम्मेलन डाक्न पि ए लाई अर्‍हाउनु भो ।
***********************
भोली पल्ट साझमा कामरेड बिद्याबारिधी ले पत्रकार सम्मेलन आयोजन गर्नु भो । पत्रकार सम्मेलनमा कामरेड काजु कान्छा को दारी जुङा नभएको, कहिल्यै नआएको जिकिर गर्दै भन्नु भो – कुन लिङ्ग का हुन ? दारी जुङै आउँदैन रे ?

साझमा भएको पत्रकार सम्मेलन, त्यसमाथि पनि लोडसेडिङ भएपनी “सोम रस”सेडिङ नभएको तालमा पत्रकारले भोलि बिहान का लागि भङेरे टाउके अक्षरमा समाचार लेखे “-क. बिद्याबारिधी ले भने’एमाले हो कि बिमाले कुन लिङग को पार्टी हो?’

बिचरा पत्रकार लाई के थाहा, रिष कस्लाई पोखेको हो, कता तिर पर्‍यो भन्ने ?

Advertisements