ट्यागहरु

, ,


No oli no sujataNo oli no sujata
संसारमा कही नभएको जात्रा चै हाम्रै देश मा हुँदो रहेछ । जात्रा पनि थरी थरिका । हुँदां हुँदा अब हास्य ब्यङग चलाउने मनोज गजुरेल, दीपकराज गिरी, धुर्मुसे, माग्नेबुढा हरुको गाइजात्रा आउन /मन्चन हुन बाँकी रहेकोले होला गिरिजा प्रसाद आँफै एउटा गाइजात्रा मंचन गर्दै छन र बिदुसक बनेका छन माधव नेपाल ।
नयाँ-नया नेपाल भन्थे हाम्रा नेताहरु । यही रहेछ हगी नयाँ नेपाल । हुन त ॠतुराज ले अस्तिताक हिमाल खबर मा माधव नेपाल प्रधनमन्त्री भए पछी नयाँ नेपाल त बनी हाल्यो नि भन्थे , हो रहेछ । यस्तै हुदो रहेछ नयाँ नेपाल है ।
अब हुँदा हुँदा प्रमानमन्त्री अनिर्बाचित, रक्षा मन्त्री चुनाव हारेको भै हाले, चुनाव हारेकै खड्ग ओली , सुजाता पनि मन्त्री बन्ने रे । अझ सुजाताले सरकारमा काङ्रेस को नेत्र्त्व गर्ने रे ! जनमत को यो भन्दा ठुलो उपहास के होला ?

कती राम्रो गाइजात्रा नि देश मा । अब ‘कन्फर्म ‘ छ, यस पटक को भौदरे गाइजात्रा त ‘फ्लप’ हुने भो नि । मनोज गजुरेल , दिपकअराज हरुको दानापानी जुटाउने श्रोत नै पो बन्द होला जस्तो छ ।

तै बरु सुर्यबहादुर, पसुपती सम्सेर, प्रदिप नेपाल, गोबिन्दराज जोसी, खुम बहादुर खड्का हरुलाई पनि मन्त्री बनाइदिए कसो होला ? यसै हरुवा,उसै हरुवा । आखिर पत्र पत्रीका, ब्लग, फेसबूक ले हरुवा हरुवा भनेर सातो लिएकै छन ।

निर्लज्ज र गतिछडा भए पछी त कस्को केही लाग्दो रहेनछ हगी ! जे गरे पनि हुदो रहेछ नि गतिछाडे पछी । जनमत,चुनाब सबै लाई धोती ललाई दिए पनि कोही चुइक्क नगर्ने रहेछन त । न बरिष्ठ पत्रकार, न नगरिक समाज, न वकिल, न बुध्हिजिबी । थुइक्क …………. कस्तो चै देश मा जन्मीए छ गाठे ! सबै लाचारै लाचार भए पछी कस्को के लाग्दो रहेछ र ?

हुन त पार्टिमा (एमाले-काङेस ) चुनाव जित्ने पो कती नै छन र ? के गर्ने त ? सबै ले चुनाव हारे पछी के लाग्छ त ?

लौ लौ , अजब नेपाल , गजब कस्मिर !
प्रधानमन्त्री, उनका सल्लहाकार , उनका मन्त्री सबै चुनाव हारेका ! एमाले काङेस मा चुनाव जित्ने केही नेताहरु ! अलिकती पनि नतिकता छ भने केहि त बोल ! थुइक्क गतिछाडा हरु ! संसारमा कही नभएको मौलिक प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र पो ल्याएछौ नि ।