ट्यागहरु

, ,


bir

आज जेष्ठ १९ गते । राजा बिरेन्द्रको बंश नाश हुने गरे गरीएको हत्याकाण्ड को ठीक आठ बर्ष बितेछ । राजातन्त्र को अबसान को प्रस्थान बिन्दु पनि यही दिन बाट सुरु भएको हो । राजाको आँफै शासन गर्ने महत्वाकंक्षा, एक्लै हिंड्ने रहर र राजनीतिक दलहरुलाई निषेध गर्ने सोच ले राजातन्त्र फेदै देखी उखेलेएर नामो निशान बाँकी रहेन, तर पनि राजाको रुपमा संभबत नेपाली जनताले सम्झिएका एक्ला र एकमात्र राजा र युबराज दीपेन्द्र आज सम्म नेपाली मन मस्तिकमा ताजै छन, बाचिरहेका छन । आज पनि बिरेन्द्र र दीपेन्द्र लाई सम्झेर आसु झार्ने लाखौ नेपाली घर-घर मा फोटो सजाएर बाचेका छन ।

परिवार नै एकै चिहान हुने गरे गरिएको हत्याकाण्ड को आठ बर्ष बिती सक्दा पनि यो हत्या कस्ले र किन, कुन उदेश्यका लागि गर्‍यो भन्ने ठोस उत्तर नेपाली जनातले पाएका छैनन । राजनीतिक दल हरुले सत्तामा जाने र सत्तबाट अरुलाई लडाउने खेलामा यो हत्याकाण्ड लाई राम्ररी प्रायोग त गरे तर यस्को यथार्थ हाम्रा सामु ल्याउने प्रयास भने कहिल्यै गरेनन ।

हत्याकाण्ड का बारेमा यस अबधी मा अनेक बिचार, धारणा आएपनी , पूर्व युबराज (?) पारश वा राजाका सचिब वा एडी सि वा जर्नेल का अनेकौ अनुमान वा बकपत्र आएपनी (यध्यपी यस्ता ब्रेकिङ न्युज आउने क्रम जारी छ ) सर्बसाधरण जनता यो हत्याकाण्ड को पछी एउटै कारण भुपु राजा ज्ञानेन्द्र र उन्का छोरा पारष हुन भन्न कत्ती पनि हिच्किचाउदैनन । तत्कालीन अबस्थामा राजाले बनाएको छनबिन समिती मा बस्न अस्विकार गर्ने बर्तमान प्रधानमन्त्री माधव कुमार नेपालले बेला बखत मा सार्वजनिक सभा समारोहमा यो हत्या प्रती ज्ञानेन्द्र शाह माथि औंला ठड्याएकै हुन । कम्सेकम यो हत्याकाण्ड को सत्यतथ्य बाहिर ल्याउन उनले पनि पहल गरे हुने हो ।

आजको कान्तिपुरमा बिबेक कुमार शाह को नाममा आएको एक बकपत्र यस्तो छ

दरबारको सैनिक सचिवालयको नेतृत्व गरेका पूर्वजर्नेल विवेककुमार शाहसमेत हत्याकाण्ड राजनीतिक षड्यन्त्रबाट निर्देशित भएको बताउँछन् । उनका अनुसार मुलुकको बिग्रँदो राजनीतिक अवस्थालाई मध्यनजर राख्दै वीरेन्द्रले कुनै ठोस राजनीतिक कदम चाल्दै थिए । बोआओ सम्मेलनमा भाग लिएर चीनबाट फर्केलगत्तै त्यस्तो कदम चालिने बताइएको थियो । ‘त्यो कदम चीनको समर्थनमा चाल्न लागिएको त होइन भन्ने आशंकामा चीनविरोधी शक्तिहरूले त्यसअघि नै हत्याकाण्डलाई अन्तिम रूप दिएको हुनसक्छ,
***************************
प्रत्यक्षदर्शीकै सन्दर्भमा हत्याकाण्डताका दरबारमा सचिव रहेका विश्वविक्रम शाहले नयाँ खुलासा गरेका छन्, ‘वीरेन्द्रमाथि गोली चलाइसकेपछि एक एडीसीले दीपेन्द्रलाई गोली हान्न खोज्दा अर्का एडीसीले रोकेका थिए । ती एडीसीले एउटा राजा त मरे अर्कोलाई नमार भनेर रोकेका रहेछन् ।’ यसबाट उपाध्यायको प्रतिवेदनमा उल्लिखित ‘हत्याकाण्ड भइसकेपछि सिसा फोरेर घटनास्थलमा पसेको’ भन्ने एडीसी तथा बडीगार्डहरूको भनाइ झूटो देखिएको छ ।

नाताले ऐश्वर्यका मामा पर्ने शाहका अनुसार त्यसबेला घटनास्थलमा वीरेन्द्रका एडीसीहरू सुन्दरप्रताप राना, अनन्तकेशर सिंह र दुर्गा केसी तथा दीपेन्द्रका एडीसी गजेन्द्र बोहरालगायत थिए । स्रोतका अनुसार वीरेन्द्रका एडीसीले गोली हान्न लाग्दा दीपेन्द्रका एडीसीले रोकेका थिए । दीपेन्द्रलाई ‘हिप्नोटाइज’ गरेर मुलुकभित्रकै केही शक्तिले हत्याका लागि उकासेको शाहको दाबी छ ।

यो हप्ताको नेपाल खबर पत्रिकमा आएको समाचार भने यस्तो छ ।

फोटो :- ईन्टरनेट