ट्यागहरु

, ,


जङेगेले जे बोल्यो -सो बोल्यो भन्थे रे जङग बहादुर, के काङ्रेस पनि कोइराला ले जे बोल्यो, बोल्यो-सदर गर्ने पार्टी हो ?
***************************
कसैले भन्थे -पहिला काङ्रेस पब्लिक थियो । २०४६ साल पछी लिमिटेड भयो । हाल आएर प्राइभेट लिमिटेड हुँदैछ । के काङ्रेस प्राइभेट लिमिटेड भए कै हो ?

कुकुरको पुच्छर बार्‍ह बर्ष ढुङ्रामा राख्यो, ढुङ्रै बाङ्गो, भन्ने उखान नेपाली काङ्रेस कै लागि बनेको हो कि जस्तो भएको छ । नेपाली राजनतिका सबभन्दा ठुला “कल्प्रिट” गिरिजा प्रसाद कोइराला ले सरकार गठन गर्ने बिषयमा एउटा अर्को सकुनी दाउ हानेका छ्न । गिरिजा प्रसाद नेपाली राजनीतिलाई आफ्नो बिर्ता ठान्छन र सुजता आफ्नो बाउको बिर्ता । के नेपाली राजनीति, नेपाली जनताको जनमत गिरिजा प्रसाद ले निर्णय गर्ने हो ? नैतीकता , इमान्दारि, सच्चाइ के नेपालको राजनीतिमा ‘ब्लु मुन’ भएकै हो ? कालो बादल मा पनि चाँदिको घेरा हुन्छ भन्थे , तर नेपाल को राजनीतिको कालो बादलमा चाँदिको त होइन, मैन बत्तिको धिपधिपे घेरा सम्म पनि देखिदैन । कालो,निलो बादल मात्र देखिन्छ । त्यस्को जड, उपजड, सुत्रजड गिरिजा प्रसाद हुन, मात्र गिरिजा प्रसाद ।

आफुलाई लोकतन्त्र,प्रजातन्त्र को मसिहा सम्झन्छन कोइराला । कत्ती न ठुलो बुध्धिजिबी, राजनेता भन्न रुचाउछन आफुलाई । तर व्यबहारमा गिरिज प्रसाद जस्तो कोढी, निरन्कुश , एकलकाटे,अपरिपक्व नेता शायदै बिश्व ईतिहासमा होलान । पार्टी भित्र आफुखुसी निर्णय गर्ने , जे निर्णय गर्दा नि छलफल नगर्ने कोइराला आफु बाहेक अरुलाई त मान्छे नै गन्दैनन , पशु देख्छन ।( तै बरु आट गरे छन सुसिल ले -सुजाता मन्त्री भए रजिनामा दिन्छु भन्ने । तर फोन गरेर भने रे कोइराला लाई । सोझै भेटेर भन्ने आट गर्लान ? कदाचित गरे भने का बा सभापती बाट भु पु का बा सभापति नबनाउलान सुसिल लाई गिरिजाले ? यसै भन्न सकिदैन ।)

आफु खुशी निर्णय गर्ने , बैठक मा अरुलाई बोल्न नदिने र हप्काउने मात्र होइन (नरहरी लाई म सँग चुनाव लड्ने हो भनेर हपकाएकै हुन क्यारे !)

हिटलर थिए नि , तर जे बोल्थे त्यै गर्थे । तर कोइराला मुखमा राम राम बगलीमा छुरा हुन । गणेशमान र कृष्ण प्रसाद त के हुन र, गिरिजा ले आफु वा आफ्ना सन्तान लाई शासन सत्तामा टिकाउन जस्लाई पनि ‘शहिद’ बनाउन पछी नपर्ने रहेछ्न । देखियो नि, महान नेताको महान बिचार,राजनिती, महान त्याग ।।

आफु सरकारमा गए माओवादी ले अहिलेको अवस्थामा टिक्न खान दिदैनन भन्ने बुझे पछी माधव नेपाल लाई ‘फुलपातिमा पर्सेको बोको’ बनाएका कोइराला ले यत्रो काण्ड रच्दै एमाले लाई काधमा हालेर झ्याम्टा पिट्नुको कारण त यतिमात्र रहेछ नि , सुजाता लाई मन्त्री बनाउने । वाह् ! काङेस को समाजवाद, गिरिजाको डिमोक्रेसी , काङ्रेस को बि पि चिन्तन !!

अनी अली इमान्दार, निष्ठाको राजनीति गर्ने गगन थापा, नरहरी आचार्य जस्ता अहिले सम्म जसरी तसरी काङ्रेस मा अडिएकालाई कती औडाह हुदो हो नि ? कती पिडा होला नरहरी , गगन हरु लाई काङ्रेस हुनु को ? यत्रो बर्ष गरेको राजनीति चट्ट छोड्न पनि नसकिने, गिरिजाको समाजबाद हेरेर बाँच्न पनि नसकिने ।
भोली कुनै निष्ठाको राजनीति गर्ने काङ्रेसी कार्यकर्ता कदाचित बौलाए भने -सबैले जाने हुन्छ उनलाई कि त कोइरालाको कु-द्रीष्टी पर्‍यो , कि त कोइरालाको समाजअबाद ले ‘डिप्रेसन’ भयो । यस्तो हुँदा पनि कती छन काङ्रेस हुँ भनेर बाच्ने हरु ?

Advertisements