ट्यागहरु

, ,


अन्तत सुजाता मन्त्री भएरै छाडिन । पररास्ट्र मन्त्री । अरुको मन्त्रालय तोकिएन तर गच्छादार (उप प्रधान, भौतिक योजना तथा निर्माण ) र सुजाताको (परराष्ट्र ) भने तोकिए ।

राजनीतिक बेश्याहरुले चलाएको देश मा जे पनि हुदो रहेछ । मन्त्री बन्न, सत्तामा जान चुनाव जित्नु पर्दो रहेनछ, जनमत चाहिदो रहेन छ , नैतीकता, इमान्दारिता केही पनि चाहिदो रहेनछ, केबल चुत्थो भए, बेश्या भए पुग्ने रहेछ ( माफ गर्नु होला ,मैले यहाँ बेश्या शब्द केबल नेताको चरित्र जनाउन मात्र लेखेको हो, कसै को स्वाभिमान मा चोट पुगे क्षमाप्राथी छु। कानुन सम्मत रुपमा गरिने जुनासुकै कामको म कदर गर्छु )
बडा दु:खका साथ (कतिपय साथीहरुले खाली नेताहरुलाई किन गाली गर्छस पनि भन्छ्न )आफ्नै नेताहरुलाई बेश्या भन्नु पर्दा, लेख्नुपर्दा नमिठो लाग्दो रहेछ तर वास्तविकता यही हो । नेताको चरित्र पाखण्डी र बेश्याको जस्तो भए पछी, नेताका भरौटे, चम्चा नालायक भएपछी/भएको देशमा जे पनि हुदोरहेछ त । यहाँ कुनै नेता बिशेष लाई गाली गर्ने वा ब्याक्तिगत आक्षेप लगाउन खोजिएको होइन , चरित्र को कुरा मात्र गरेको हो । नत्र सुजता, कुजाता जो सरकारमा गए पनि हर्स न बिस्मात


कहिले काही लाग्छ,हामी आफै कमजोर भएर, नेताको गुलामी गरेर, नेता नामको पशुले जे गर्‍यो, जे भन्यो ,चुपचाप सहेर बसेको कारण ले पनि यिनिहरु चुत्थाले हाम्रो ‘टाउकोमा गिर खेलेका ‘ हुन जस्तो पनि लाग्छ । चुनाव जित्ने एउटा , एउटा लाई भोट दीएर आफ्नो प्रतिनिधि बनाएर ससद,संबिधान सभामा पठाएको छ, देस हाक्ने, शासन सत्ता चलाऊने , हाम्रो भबिष्य निर्धारन गर्ने अर्कै छ । नत्र जुनसुकै पार्टी, नेताले देश चलाए पनि, शासन गरे पनि कम्तिमा चुनाव जितेका, इमान्दार र निष्ठाको राजनिती गर्ने ले सरकार को नेत्रित्व गरे हुँदैन र ?

एक त चुनाव जितेर पठाएकै नेताहरु नै पाखण्डी छन। कोही चुनाव जितेको उन्मादमा ‘ट्रकमा हतियार ल्याउने’ध्वास दिन्छ्न भने कोही चुनाव हारेका, आफ्नै पार्टिको पनि चुनाव हारेका ‘बेश्या’हरुले जे भन्यो , चुपचाप सहिछाप गरिदिन्छन , समर्थन गर्छन्, ताली बजाउछन र हामीलाई नै गाली गर्छन्

पार्टिको असहमती हुँदा हुँदै उपेन्द्र यादव ले पत्र पठाएरै जानकारी दिदा दिदै गच्छदार लाई मन्त्री बनाउछ्न-गिरिजा र माधव कुमार (बास्तबमा भन्ने हो भने सुद साहेब र गिरिजा महाराज ) । त्यस्तै पार्टिलाई प्राइभेट लिमिटेड बनाउने कोइराला आफ्नै छोरी, जस्को राजनैतीक र नैतीक धरातल,हैसियत काङ्रेस को तल्लो स्तरको सदस्य जत्ती मात्र छ, लाई सरकार मा पठाउछ्न,काङ्रेस् को नेत्रित्व गर्दै । यो भन्दा बेश्या चरित्र को राजनीति अन्य कुन देश मा होला ?

एक पटक पुन तपाईं हाम्रो भाग्य बिधाता, हामीलाई शासन चलाऊने , हाम्रा जनजिबन् का सबाल लाई सम्बोधन गर्ने कुर्सी, सत्तमा पुन तिनै नेता पुगेका छन , जस्का कारण हामिले पटक पटक दु:ख पाएका छौ , महाकाली गुमाएका छु , नेपाल बायुसेवा गुमाएका छौ ।

के तपाईं हामी ले कर यि नालायक, अयोग्य, जनमत गुमाएका कलंक हरुलाई मन्त्री बनाएर सत्तामा पुर्‍याइ भत्ता खुवाउन तिरेको हो ?

भोली पनि देश चलाऊने , सत्ता हत्याउने , हामीलाई शासन गर्ने यिनै पाखण्डी नेताहरु हुन , अब नयाँ संबिधान बने पनि के नै होला र ? नयाँ संबिधान बने पनि आखिर यिनै ‘बेश्याको’ शासन भोग्नु पर्ने रहेछ तपाईं हामीले !
पाखण्डी पन को पनि एक सिमा र हद हुनु पर्ने हो – तर हाम्रो देसमा भएको जस्तो यो भन्दा तल्लो स्तरको राजनीतिक बेइमानी अरु के होल ? कसरी बन्ला नि हाम्रो देस बिकसित , उन्नत र सम्पन्न ? नेताहरुले देसलाई लगौटी नै बनाइ छाडे , भाबी पुस्ता सम्मको भबिष्य लाई पनि डामाडोल बनाए । कती गाली गर्ने ……………
आखिर हाम्रै दोश छ , बेस्या हरुलाई शासन सत्ताको सिंहासन मा राखेपछी दु:ख त बेसाउनु पर्ने नै भो ।
एउटा कुरा के स्पस्ट देखियो भने जो भए पनि, जसरी भए पनि, जुनसुकै पार्टिका भए पनि नेता आखिर बेश्या चरित्रका हुँदा रहेछन ।

बेश्याले त अर्थोपार्जनका लागि (इच्छा/ अनिच्छा) ले सरिर बेच्छे , हाम्रा नेता बेश्या ले इमान, जमान, नैतीकता, इमान्दारिता सबै बेच्दारहेछन केबल सत्ता पाउन , कुर्सिमा टासिन । बेचिरहेका छन ।
हामीले चुनाव हराएको, जनमत नभएको मान्छे लाई म देश चलाऊन दिन्न , शासन सत्ताको चाबी हातमा दिएर कर तिरेर पाल्न सक्दिन भन्न पनि नसक्ने , भने पनि कसैले नसुन्ने, कती निरिह रहेछौ नि हामी । हामी जती निरिह , लाचार जनता संसारका अन्य देशमा पनि होलान र ! ख्वै ?

Advertisements