ट्यागहरु

, ,


कती नकरात्मक कुरा बन्द,तोड फोड, आतंक को मात्र कुरा गर्नु । नकरात्मक कुराको मात्र कती चर्चा गर्नु । साकारात्मक काम, कुरा चै केही हुँदैनन त् हाम्रो देशमा । वास्तबमा साकारात्मक काम के त कम हुन्छन,त्यस्मा पनि हामी कहाँ सकरात्मक, राम्रा काम को चर्चा कम् हुन्छ ।
दिक्क लाग्छ, कती नाकरात्मक कुरा मात्र गर्नु, बिकास निर्माण, सेवा-सहुलियतको पनि केही कुरा गरौ न ।
000_0960

यि तस्बिरहरु बसन्तपुर दरबार स्क्वाएर क्षेत्र को हो । पर्यटक को चहलपहल हुने बसन्तपुर दरबार स्क्वायर क्षेत्र मा काठमाडौं महानगर सोलिड वेस्ट म्यानेजमेन्ट सर्भिसले संचालन गरेको घुम्ती शौचालयको हो । मनिस हरुको बाक्लो चहल पहल हुने र पर्यटकिय क्षेत्र मा सौचालय नहुँदा कठिनाई ब्यहोरने हरुका लागि यो सौचालय ले ठुलो राहत दीएको छ । 000_0961
काठमाडौं महानगर सोलिड वेस्ट म्यानेजमेन्ट सर्भिस सार्वजनिक निजी अवधारणा अनुरूप नमुना घुम्ती शौचालयको निर्माण गरिएको हो । सार्वजनिक र निजी सहकार्य कार्यक्रम ( पब्लिक प्राइभेट पार्टनसिप) अन्तरगत उपत्यका भरी मा १० वटा यस्ता घुम्ती शौचालय सञ्चालन गरिने बताइएको छ । काठमाडौं महानगरपालिका वेस्ट म्यानेजमेन्ट सर्भिस् का अनुसार राजधानीका १० स्थानहरूमा बसन्तपुर बबरमहल, नयाँ बानेश्वर, कोटेश्वर चोक, ठमेल, कलङ्की चोक, पुरानो बसपार्क, नयाँ बसपार्क,प्रदर्शनीमार्ग र स्वयम्भू क्षेत्रमा राख्न लागिएको हो । यस्तो एउटा घुम्ती शौचालयको निर्माणका लागि पाँचदेखि नौलाख रूपियाँसम्म लाग्छ ।
000_0962

कम्तिमा पनि यो कदम लाई सकरात्मक मान्नु पर्छ । काठमाण्डौ मा सार्वजनिक सौचालयाको ज्यादै कमी छ । रत्नपार्क ओरपर ब्यबस्थित सौचालय नहुँदा मानिस हरु जहाँ तही सौच गरिरहेको देख्न सकिन्छ । भिड भाड र बढी जमघट हुने स्थानमा यसरी ब्यबस्थित सौचालय संचालन गर्न सके अझ राहत मिल्थ्यो कि ?