ट्यागहरु

, , ,


कता जादै छ नेपाली समाज ?
हामी कहिले विश्वबिद्यालय का प्राध्यापक लाई कालो मोशो देलेर रमाउछौ । के के न गरे भनेर फुर्ती गर्छौ ,कहिले स्कुलमा मा अश्रु ग्यास हानेर साना नानीहरुलाई बेहोस पारेर शान्ती सुरक्षा बहाल रहेको घोसणा गर्छौ । कहिले अस्पताल हातामा पसेर लाठी चार्ज, कहिले छात्राबासमा पसेर सुरक्षा कर्मी ले लात्ताले भकुरेको सुन्न पाईन्छ ।

आज भोली त झन तराइमा बच्चाचोर को आरोपमा दिनहु मान्छे मार्ने क्रम बढेको छ । हिजो मात्र साना नानीहरु चडेको गाडीका सिसा फोरर हामीले गोर्खाली हुनुको सबुत प्रमाण पेश गर्‍यौ । कती बहादुर नि हामी ? आज अर्को तस्बिर आएको छ छापामा । कती बहादुर होलानी नि महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका गोर्खाली का सन्तान हरु । बाबु, आमा , गुरु लाई सेबा सत्कार गर्नु पर्छ, आदर गर्नु पर्छ भन्ने पुरानो नेपाल का सबै मान्यता हरु अब खन्डित हुँदै गएका होलान । कस्तो अराजक समाज , कस्तो सस्कार, चेतना हामी नेपालीको । हैन के हुन लाग्यो यो देशमा अचेल ?

लोकतन्त्रमा आफ्न मागहरु शान्तिपूर्ण ढङ्गले राख्ने अधिकार सबैलाई छ । तर, मुलुकको प्राज्ञिक ब्याक्तिहरु, कलीला नानीहरु लाई दुर्भबहार र आतंकित पारेर हामी कस्तो शभ्य समाजको परीकल्पना गरिरहेका छौ ? स्वतन्त्र बिर्ध्यार्थी युनियन का जिम्मेवार पढाधिकरी ले गरेको यस्तो तुच्छ दुव्र्यवहार निन्दनीय र आपत्तिजनक मात्र होइन, घ्रिणित र भर्तसना योग्य छ ।

तस्बिर – पहिलो- विद्यार्थी युनियनका नेताहरु ले कुटेर घाइते भएका महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका क्याम्पस प्रमुख देवीदत्त शाह। : मिथिलेश यादव / नागरिक न्युज , दोश्रो-दुहबी, धनुषाको रेल्वे लाइनमा १२ वैशाखको राति ८ बजे बच्चा चोरको आरोपमा मारिएका पुरुष बङ्गलादेशी नागरिक रहेको आशङ्का गरिएको छ।
हिमाल खबरपत्रिका

तेश्रो-चाबहिलामा बिद्यालयको बसमा तोड फोड सुरु भए पछी अत्तालिएर भाग्दै कलीला विद्यार्थी हरु नागरिक न्युज