ट्यागहरु

, ,


rijan karki देशै भरी निरासाको खबर छाइरहेको बेला बिराटनगरका एक युवा ले अबसर पाएभने नेपाली हरु पनि केही गर्न सक्छन भन्ने कुरा प्रमाणित गरेका छन । विश्वाबिख्यात बैज्ञानिक सर आइज्याक न्यूटनको गुरुत्वाकर्षण र अल्बर्ट आइन्सटाइनको स्थिर ब्रह्माण्डको स्थापित सिद्धान्तलाई चुनैती दीएका छन, विराटनगरका का टीन एजर रिजन कार्कि, बर्ष १६ ले ।
रिजन कार्कीका अनुसार, न्युटन र आइन्सटाइनको सिद्घान्त नै अपुरो छ । उनी गुरुत्वाकर्षणको पुरानो सिद्धान्त परविर्तन गर्ने सामथ्र्य आफूमा रहेको बताउँछन् । विराटनगरकै बूढानीलकण्ठ स्कुलबाट यसपटकको एसएलसी दिएका रजिनको यस दाबीप्रति नसाका वैज्ञानिकहरूको संस्था (एरोनटिक एन्ड स्पेस एड्मिनिस्ट्रेसन -नासा)ले चासो दिएर प्रमाणित गर्न निम्तो पनि दिएको थियो ।

निजी खर्चमा आफ्नो दाबी प्रमाणित गर्न नासा ले बोलाएपछी उनले उक्त रकम जुटाइदिन नेपाल सरकार सँग हार गुहार गरे तर महिनामा लाखौ रुपया भस्ट्राचार गर्ने सने नेपाल सरकार ले उनका लागि करिब् छ लाख रुपियाँ जुटाइदिन नसकेपछी काठमाण्डौ को नोबेल एकेडेमी को स्पोन्सेर मा मा अमेरिका को फ्लोरिडा मा भएको नासाको अन्तराश्ट्रिय अन्तरिक्ष सम्मेलन मा उनले अमेरिकाका बिख्यात बैज्ञानीक सामु न्युटन र आइन्टाइन को नियम गलत भएको प्रमाणित गरिदिएका छन । एस् एल सि को परिक्षाको नतिजा पर्खिरहेका रिजन ले आफु आफ्नो प्रस्तुती बाट उत्साहित भएको र नासाका बैज्ञानिक बाट पनि राम्रो रेस्पोन्स पाएको ले भबिश्य मा थप अध्ययन गरेर आफ्नो सिध्धान्त लाई सफल बनाएरै छोड्ने बताउछन ।
नेपालमा रिजन जस्ता धेरी प्रतिभाका खानि छन । अबसर पाएमा नेपाली ले पनि योग्यता र क्षमता देखाउन सक्छन , केबल तिनिहरुको लागि उचित अबसरको खाचो छ । स्रोत र साधन को कमी छ । कस्ले पुरा गरी देला खोइ ? कस्ले रिजन जस्ता क्षमताबान को कदर गर्ला ? कहोला सिक्ला राज्यले प्रतिभा र योग्यता भएका नागरिकको कदर गर्न ?
क्याबात रिजन ! भबिश्य मा अझ सफलता मिलोस । शुभकामना ।।