khyati shresthaसभ्य समाजले कल्पना पनि गर्न नसक्ने न्रिंसंस हत्या भएको छ, ख्याती श्रेष्ठ को । त्यो पनि एउटा शिक्षक ले अत्यन्तै क्रुर तरिकाले आफ्नै विद्यार्थी को हत्या गरेको छ । ख्याती श्रेष्ठ।, बर्ष १८, कालिमाटी मा कक्षा १२ मा अध्ययनरत छात्रालाई उनकै शिक्षक बिरेन प्रधानले काटेर टुक्रा, टुक्रा पारेर मारेको छ , हरे दैब ! कस्ता कस्ता दानब लाई मानबको भेष मा पठाउछौ नि पृथ्वी मा !

एउटा जुवाडेको सनकको भरमा एक होनहार छात्राको हत्याले सिङगो मुलुक रोइरहेको छ । सारा नेपाली को अन्तरात्मा रोएको छ । शिक्षकको मखुन्डो ओढेको एउटा दानब ले क्यासिनोमा जुवा खेल्न पैसा जुटाउनका लागि कस्तो कु कर्म गर्‍यो नि !

मानबको खोल ओढेका दानबहरु अनेक रुप र बहानामा बहुरङी बनेर घुमिरहेका छन हाम्रो समाजमा । हाम्रा साना नानी हरु, स्कुले बाल बालिका हरु, भर्खर कलेज जान थालेका, रङगिन भबिष्य सजाउन कम्मर कसेका ख्यतिहरुलाई कर्के नजरले हेरी रहेका छन, दागी रहेकाछन । कस्ले बचाउला नि हाम्रा नानीहरुलाई यि नरभक्षी हरुको पन्जा बाट ! को होला हाम्रा सन्ततिको रक्षा गर्ने ?

टुहुरा हौ हामी ! हाम्रो, हाम्रा बाल् बालिकाको, लालाबालाको रक्षा गर्ने कोही भएनन,कोही छैनन । न त सरकार, न प्रहरी, न प्रशासन ! अनागरिक भएर बाच्नुको यो भन्दा ठुलो पिडा अरु के होला खै ? टुहुरा अनागरिक हामी !

हाम्रा बाल् बालिका हरु कहिले बिबेक, कहिले ख्याती, कहिले अन्य कुनै नाम मा मारिइरहेका छन । तर देशको ठेक्का लिएर बसेका टाउके हरु घास खाएर उगराइरहेछन । किन कोही नेता, राजनीतिक दल बोल्दैनन यत्रो न्रिसंस हत्या हुँदा पनि ? किन आबाज उठाउदैन ?

अपराधी को आँखाडा बन्दैछ नेपाल । हामी हाम्रा सन्तान को भाग्य र भबिष्य अपराधीको हातमा सुम्पन बाध्य छौ, अपराधी पाल्न, चन्दा दिन र फिरौती बुझाउन बाध्य छौ हामी किनकी हामी सरकार, राज्य बिहिन अब्स्थामा बाँचेका छौ, अनागरिक हुनुको सास्ती खेप्दैछौ ।

कम्तिमा कदाचित नयाँ संबिधान बनेछ भने बिरन प्रधान जस्ता लाई कम्सेकम फांसी दिने ब्यबस्था होस । चुत्थै चुत्था मिलेर बनेको चुथ्थो सरकार र सदन सधैं कानमा तेल हालेर नबसोस !

दिबंगत आत्माको चिर सान्तिको कामना !

[मार्च २३ २००९ को पोस्ट कस्तो संबिधान बनाउने लाई पुन पोस्ट गरीएको हो । ]

नयाँ नेपाल को नयाँ संबिधान कस्तो हुनु पर्छ ?
मेरो विचारमा नयाँ संबिधान मा निम्न कुरा हरु हुनु पर्छ ।

मौलिक हकको सम्बन्धमा-देहायको कसुर गरेको स्वतन्त्र अदालत बाट पुष्टि भएमा निजलाइ म्रुत्युदण्ड दिन सक्ने गरि कानुन बनाइने छ । यस बाहेक कसै को ब्यक्तित स्वतन्त्रताको हनन हुने गरि कुनै कानुन बनाइने छैन ।
– बलत्कार गरेको प्रमाणित भएमा ।
– राज्यको चल अचल सम्पति हानि नोक्सानि गरेमा ।
– भष्ट्राचार गरेको प्रमाणित भएमा।
-राज्य लाइ तिर्नु पर्ने कर राजस्व नतिरेमा वा कम तिरेमा वा नतिर्न उक्साउने गम्भिर प्रक्रितिको कसुर गरेमा ।
-बर्ण, लिङ, जातजाति आदिको आधारमा भेदभाब गरी सार्बजनिक सम्पति, धारा ,मन्दिर आदि बिषय लाइ लिएर कसै को शोषण गरेमा ।
जबरजस्ति कसैको इच्छा बेगर कम्लरी, हलिया, हलि, राखेमा , राख्न लगाएमा , राख्न्न उकासेमा ।
चल वा अचल सम्पति वा रुपैया पैसा बा फिर्ति रकम को माग गर्दै कसै लाइ बन्धक बनाएमा, अपहरण गरेमा,

-ज्यान मार्ने उधोग गरेमा ।
-अनुसन्धान ,तहकिकात वा पुर्पक्षमा राखेको ब्याक्तिलाइ निर्घात सारीरिक र मानसिक यातना दीने सुरक्षा कर्मि,आदेस दिने ब्याक्ति लाइ ।
(तर यस्तो आदेस पालना गर्ने र आदेस दिने दुबैको कसुर स्वतन्त्र अदालत बाट पुष्टी भएको हुनु पर्ने छ ।स्वतन्त्र अदालत भन्नाले सैनीक अदालत र प्रहरी अदालत बाहेक अन्य अदालत )