ट्यागहरु

, , ,


आफूसँग मोटरसाइकल मात्रै भएको र त्यसमा सिंगै शव बोक्न नसकिने भएकाले टुक्राटुक्रा पारेको वीरेनको बयान छ । यसअघि बायोलोजीका शिक्षक रहेका वीरेनले शवको छाला र मासु काटेर जोर्नी खुस्काउँदै अंग छुट्टयाएका थिए । शरीरको बीच भागलाई सबैभन्दा पहिले ललितपुरको सैंबुस्थित बाटामुनि फालेका थिए । शरीरका अरू टुक्राहरू सड्न नदिन ‘पि|mज’ मा राखेका थिए ।

हात र खुट्टालाई माइक्रोको छतमा आफैंले राखी कलंकीबाट चितवनमा लगेर फ्याँकेको उनको बयान छ । उनले ख्यातीका परिवारलाई त्यहींबाट म्यासेज पठाएका थिए

आजको कान्तिपुर बाट

हत्या हिंसाको पराकाष्ठा ले मुलुक शोकमग्न रहेको बेला पनि बौलाहाहरु यो देश मा ‘नागरिक सर्बोच्चता’ को दुहाइ दिएर सडक र सदन तताउन ब्यस्त छन । के यो हो नागरिक सर्बोच्चता भनेको ? एउटा नागरिक ले निर्धक्क भएर बाँच्न पाउनु नागरिक सर्बोच्चता हो कि होइन ? एउटा क्रुर हत्यारोलाई जनचाहना अनुरुप फासिको फन्दामा चढाउनु नागरिक सर्बोचता हो कि होइन ? किन बोल्दैन माओवादीको गुलाम नागरिक समाज? किन बोल्दैनन विद्यार्थी नेता, नेत्री हरु ? शायद यती क्रुर र जघन्य हत्या नेपाली जनताले पहिलो पटक महसुस गर्दैछन ? जनतामा द्वन्दकालमा समेत न्नफैलेको आतंक फैलिरहेको बेला किन चुप नेता कार्यकर्ता, दल, राज्य, सरकार ?

किन चर्को रुपमा सुरु हुन सकेन प्रधान लाई फासी हुनु पर्ने माग ? किन दबाब र्‍याली हुन सकेन संबिधान संसोधन गरेर भएपनी प्रधान लाई मृत्‍युदण्ड दिनु पर्ने आवाज ? के ख्याती श्रेष्ठ बिराटनगर कि भएर काठमाडौं लाई तातो नलागेको हो ? झापा लाई किन टाउको दुखाउनु, झापाली हैनन भन्ने लागेको हो ? पोखरा वा सुर्खेत लाई पिडा नभएको हो ? किन ? के भएको ?

भोली फेरी अर्को दैलेख, जाजरकोट, धन्कुटा वा चितवन कि ‘ख्याती श्रेष्ठ ‘ अनाहक मा टुक्रा टुक्रा परेर मर्न नपरोस। हाड छाला छुट्टीएर फ्रीज मा सड्न नपरोस भन्ने सामान्य चेतना नभएको कस्तो पशु राज्य हो यो ?

थोरै मात्र पनि मानबिय संबेदना, आफ्ना शन्तती को सुरक्षा को चिन्ता छ हाम्रा मानानीय सांसद हरुसँग भने बन्द गर खोक्रो नागरिक सर्बोच्चताको रट लगाउन र तुरुन्त संबिधान संसोधन गर । भोली नै संबिधान संसोधन गरेर बए पनि हत्यारो प्रधान लाई फासी देउ । यो तीन करोड नेपाली को अन्तरात्माको आवाज हो । ए नकच्चरा हरु अलिकती त नतिकता र इमान्दारिता देखाउ ! जनाताको अलिकती त माया गर ! बलत्कारी, हत्यारो पशु बिरेन प्रधान लाई तुरुन्त फासी दिने कानुन बनाउ !

समय सदैब बलबान हुन्छ ! समय छदै बिचार पुर्‍याउ है सरकार, राज्य , नागरिक समाज (??) सांसद नामका कु-पुतहरु ! नत्र जनताले आफै हनुमान ढोका फोरेर हत्यारालाई टुडिखेल ल्याएर झुण्ड्याउनु नपरोस ! चापागाउले देखाएसकेको छ , राज्यको उपेक्षा बाट दिक्क भएका जनताले कानुन आफना हातमा लिए भने प्रधान त निमित्त नायक मात्र बन्ने छ- बाँकी तिमी सांसद, तिमी मन्त्री, तिमी राज्य लाई पनि इन्द्रेको बाउ चन्द्रे ले पनि बचाउन नसक्ला ।