ट्यागहरु

, , ,


के तपाईं ले कहिल्यै भुत देख्नु भएको छ ? वा भुत सँग जम्का भेट भएको छ ? कुनै बेला भुत ले तर्साएको त पक्कै होला नि ?

हामीले बर्सौ देखी सुन्दै आएका छौ , भुत, दानब, राक्षश, देवता आदिका कथा, किस्सा, चमत्कार का बयान हरु । आज यस्तै एउटा भुत को बारेमा कुरा गरौ । नेपाली हरु भुत भने पछी डर ले लग लग काम्छन । अझ रात परे पछी भुत को कुरा मात्रले पनि कतिको सातो जान्छ , रात भर को निद हराम हुन्छ । वास्तवमै भुत हुन्छ को हुँदैन, भुत ले साच्चै मान्छे लाई तर्साउछ त ? यो प्रस्न को शायद ठ्याकै एस वा नो जवाफ कसै सङ पनि छैन होला ।
bhut ghar

सँगै को फोटो भुत घर को हो । यो घरमा भुत बस्छ भन्ने विश्वाश गरिन्छ त्यै भएर होला निर्माण भएको करिब् १० बर्ष बितिसक्दा पनि न यो घर मा घरधनी नै बसेका छन न त कोही बहाल मा । भक्तपुर गठ्ठाघर चोक बाट करिब् १०० मिटर उत्तर पूर्व मा रहेको २ तले यो घर मुल सडक संगै जोडीएको छ् , पानी बत्ती को सुबिधा पनि छ , गाडी पारकिङ गर्ने ठाउँ पनि छ र पनि १० बर्ष देखी खाली छ ।

यो घर को कथा पनि त्यस्तै रहस्य को गर्भ मै छ । तर पनि मानिस हरु यो घर मा बस्न डराउछन , साझ पख एक्लै दुक्लै यो घर अगाडि लो बाटो बाट समेत हिंड्नैन किन त ?

बढो गजब को किम्बदन्ती छ यो भुत घर को बारेमा

करिब १५-१६ बर्ष अगाडि कै कुरा रे ! सानो ठिमी मा पुरानो बाग बजार भन्ने ठाउका एक प्रधान को जग्गा रहेछ ३ रोपनी जत्ती गठ्ठाघर मा । एउटा सानो माटो ले बनेको घर पनि रहेछ त्यहा, खेती रोपाइ गर्न आउँदा जादा बस्ने । खेती रोपाइ सके पछी पुन बागबजार फर्कने । एक दिन दिउसो अचानक उठेको आगलागी ले त्यो घर सखाप भएछ, र घर सँग आगलागी मा परेर उनका २ साना लालाबाला पनि मरेछन – २ बर्ष को छोरा र १० बर्से छोरी !
सोक मनाए प्रधान परिवार ले र छोरा छोरी को सदगत गरे र अर्को सानो पराले टौवा बनाए । तर घर बनी सक्दा नसक्दै उपद्रो सुरु भयो । दिउसै तर्साउने, घर मा बस्नै नसकिने, भात पकाएको भाडै घोप्टाइदिने, सुकेको मान्छे को खाट राती नै बाटोमा लगेर राखिदिने , रातभर थाल ठटाएर नाच्ने, के के हो के के ! आजित भएर प्रधान ले एउटा गिरी परिवार लाई बेचेछ्न सबै घर जगा ।

पुरानो घर भात्काएर नयाँ (चित्रमा देखिएको ) घर बनाए गिरिजी ले । तर नयाँ घर बनाउदैमा कहाँ भागथ्यो र भुत ! पुन ताण्डब सुरु भाईहाल्यो नि ! दिदी-भाइ भुत ले दिन सम्म दु:ख दिएछ गिरी परिवार लाई पनि । अनी गिरी ले पनि बेचेछन घर २०५९ सालमा सुर्य नारायण श्रेश्ठ लाई । हाल गिरी परिवार भने गठ्ठाघर चोक मा बहाल मा बस्दा रहेछन ।

किन्न त किने सुर्यनारयण ले घर, भुत पनि सँगै किनेछन ! एक दिन बसे रे जम्मा सुर्य नारायण त्यो घरमा ! सुतका के थीए, भुसुक्कै निदाएछन । बिहान ब्युझदा उनी सुतेको खाट त सँगै को झाडिमा रे ! बाबाकी दुहाइ ! भोलिपल्तै घर खाली !

त्यस उपरान्त घर खाली छ । पहिला पहिला त गोठाला , छर्-छिमिक लाई पनि खुब दु:ख दिन्थ्यो रे ! मासु त पकाउनै नहुने रे ! मासुको भाडै बोकेर दगुर्ने रे ! आधा घण्टामा रित्तो भाडो मात्र भेटिन्थ्यो रे बाटामा । हाल भने बस्ती बढेको ले आउन छड्यो रे ! नतर्साएको धेरै भो रे !

लौ अब कस्को आट त्यो घर मा बस्ने ! घर धनी बेच्ने मनसाय मा रहेछन । तर किन्ने आटी कोही फेला परेका छैनन रे ।

[ सानो ठिमी क्याम्पसमा आध्यापन गर्ने मेरा एक आफन्त लाई गठ्ठाघर आसपासमा डेरा वा राम्रो घर चाहिएको ले खोजी गर्ने सिलसिलामा त्यो घरमा पुगेका हौ । हामिले घर को गेट खोलेर भित्र पस्न लाग्दा छेउको खाली खेत मा काम गरिरहेका मानिश हरुले नेवारी भाषामा हामीला संकेत गर्दै ईशारा गरिरहेका थीए , तर नेवारी नबुझ्ने हुनाले हामीले वास्ता गरेनौ ।हामीले त्यो घरमा एक घण्टा बितायौ । घर रामै रहेछ . हामीलाई घर मन पर्यो । लौ फसाद ! भुतघर एक घण्टा हेरेर फर्के पछी एक जना बुढी आमैले साउती गरेर हामीलाई बोलाइन र घर धनी गै सके पछी माथिको कथा बेलिबिस्तार लगाइन । कथा के सकिएको थियो, मेरा आफन्त कुलेलम ! बपत्तै भए भन्या ! आज फोनमा भन्दै थिए – २ दिन देखि हन हनी ज्वोरो आएको छ रे ! ए बाबा ! साच्चै भुत पो लाग्यो कि क्याहो ? भोली बिहान धामी-झाक्री खोजेर यसो जोखाना नहेराइ नहोला जस्तो छ रे ! अ …… साच्ची उनले अर्को कुरा पनि सुनाए , अब गठ्ठाघर तिर नबस्ने रे बरु सानो ठिमी तिरै अर्को कोठा खोज्ने रे !

त्यो घर चै खाली नै छ । तपाईं डेरा सर्ने कि ! भाउ मिलाएर किने पनि हुन्छ नि ! भुत को दाम घटाएर घर मात्र । ]

Advertisements