कोइराला – अ लङ वे अफ फ्रीडम्



प्रजातन्त्र, मानब अधिकार र प्रेश स्वोतन्त्रता का लागि कसै सँग सम्झौता गर्दिन – राजाले आफ्नो कदम सच्याएर आउन । अनी मात्र राजा र प्रजातन्त्र सङगै जान सक्छन – भन्ने कोइराला ले अन्तत मृत्‍यु सँग हार मानेका छन । ढ्रिण निस्चयी, र आफ्नो अडान बाट पछी हटेर कसै सँग सम्झुता नगरने स्वोभाव का कोइराल को राजनीतिक उचाइ नेपाल र उनेले स्वतन्त्रता सग्राम लेडेको हिन्दूस्तान मा मात्र होइन , दक्षिण एसियामै उच्चो रहेको छ , कुनै पनि तानाशाह, अतिबाद र उग्र पन्थी बाद्ले झुकाउन नसकेको कोइरालाको उचाइ ला अन्तत अद्स्य रुपमा आएर यमराज ले झुकाए, शायद सदरिस्य आएका भए कोइराला को छबी सामु नमस्तक भएर काल पनि रित्तो हात फर्कन्थ्यो होला ।

आफ्नो राजनीतिक करियरमा २०४६ साल देखी २०५९ साल सम्म बिबाद को पर्याबाची, असक्षम र अयोग्य को पगरी गुथेका गिरिजा प्रशाद ले २०६० साल पछी आफ्नो राजनीति कारीयर मा यस्तो ” यू टर्न ” ल्याए , कुनै जमाना ‘माले , मसाले र मन्डले एकै हुन ” भन्ने कोइराला आफ्नै काङ्रेस ब्रित बाट बरु टाढिए , माले मशाले र संभबत मन्डले हरुको पनि प्रिय पात्र बने र नजिक भए । सहमति र मेलमिलाप को राजनिती लाई एक हद सम्मा को सफल प्रयोग गर्ने बि पि पछी को कुनै नेता हो भने त्यो जि पि नै हुन
राजाको कु पछी को नेपाली राजनीतिको मियो कोइराला बने ।यहा स्मरणिय के छ भने तत्कालिन राजा ग्यानेन्द्र राजा भए , सत्ता पनि लिए , शायद सोचेका थिए होलान – अब यि नेता हरुलाई रसातल मा पुर्याउछु । तर कोइराला को आट , हिम्मत र निर्णय ले राजा आँफै डोमिनेट भए – लोक , परलोक ले राजा ले के बोल्लानम के गर्लान होइन -कोइराले के बोल्छन मा ज्यादा ध्यान दियो , राजा दिन् प्रतिदिन ओरालो लागे , कोइराला उकालो ।

बि पि को आत्मब्रितान्त पड्दा एक प्रकार को छनका पाइनछ, बि पि को अन्तरराष्ट्रिय छबी सामु आफु डोमिनेट हुने डर ले पनि महेन्द्र ले २०१७ साल को कदम उठाएका हुन सक्छन – किन कि गिरिजा प्रशाद ले नै एक अन्तर्वाता मा भनेका छन नि – राजा हरुमा एक प्रकार को इगो हुन्छ र उनिहरु को हर कदम, हर व्यबहार मा त्यस ले प्रभाब पारेको हुन्छ ।

संसद पुन स्थापना को रट लगाएर बसेका कोइराला कसैका सामु टसमस भएनन , अख्तियार लगाए राजाले – कोइराल ले सोझै भनिदिए – रालाले मलाई हतोत्साही बनाउन खोजे का हुन भने बेलै मा बुझे हुन्छ – कोइराला इस्पत ले बनेको हो हत्त पत्त झुक्दैन – बरु म जेल जान्छु तर अखितर मा बयान दिन जान्न – यो नै कोइराल को बिबादास्पद छबी बाट राजनेता मा फर्कने ‘टर्निङ प्वाइन्ट ” थियो , जसलाई कोइरालाई अझ मजबुत बनाउदै लगे – गनत्नत्र नेपाल र संबिधान सभा को निर्वाचन र अझ अगाडि सम्म ।

अन्तत: ८६ बर्ष को उमेर मा आँफैले अगुवाइ गरेको नया संबिधान देख्न र हेर्न नपाई बिदा लिए गिरिजा बाबुले । अन्तत: ८६ बर्ष को उमेर मा आँफैले अगुवाइ गरेको नया संबिधान देख्न र हेर्न नपाई बिदा लिए गिरिजा बाबुले । आज गिरिजा बाबुको अनुपश्थिती मा बाकी नेताले कोइरालाको त्यो सुझबुज, शाहस र हिम्मत लाई कायम राख्न सक्लान ? के गिरिजा कोइराले भने झै सान्ती र संबिधान र परस्पर मेलमिलाप को निती अगाडि बधाबढाउलानउ?

तोकिएकै मितिमा संबिधान जारी र मेलमिलाअप को राजनीति नै गिरिजा बाबु प्रती सच्चा श्रदान्जली हुनेछ । के नेपाली नेता हरु को बिबेक ले त्यो कुरा देख्ला ? अहिले लाई आशा गर्ने ठाउँ यती मात्रै छ । अन्तमा १३ औ दिन को पुन्य तिथी मा पुन एक पटक कोइराला प्रती हार्दिक श्रादान्जली ।
८६ बर्ष को लामो उमेर देश प्रजातन्त्र र जनताको लागि त बिताए गिरिजा बाबु ले, कम्ती मा अरु ८६ दिन बाचिदीएका भए नयाँ संबिधान सम्मा त आउथ्यो कि ? निस्ठुरी दैब !

Advertisements

One thought on “कोइराला – अ लङ वे अफ फ्रीडम्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w