update लौ अब चै म्याद थप्ने भए रे ,

दुई दुई बर्ष सम्म जनमत को उपेक्षा गरेका दल हरु संबिधान सभा को म्याद केही घण्टा बाँकी रहदा ‘घनिभुत छलफल ‘ मा छन रे ! कस्तो नाटक हो यो ? कस्तो सस्कार, कस्तो शासन र परम्परा दिन खोजिएको हो यो ? अझै अन्योल छ संबिधान सभा को म्याद थपिन्छ को थपिदिन ? म्याद नथपे के हुन्छ ?
जनमत को यो भन्दा ठुलो अपमान के हुन्छ ?

ठुला तीन दल तीन तिर फर्केर र अन्तिम समयमा आएर हतार हतार गर्ने परी पाटी ले राम्रो सन्देश त दिदैन नै, अझ सम्म पनि आ-आफ्नो अडान मा दल हरु टस को मस नहुने हो भने देस अस्तिरथा तर्फ जानेछ ।

कमरेड प्रचन्ड –
ब्यस्त हुनुहुन्छ होला बैठक र घनिभुत छल फल मा । देस जोखिमपूर्ण अवस्थामा पुगेको छ । आखिर तपाईं हरु कै पहल मा नेपाल मा ‘संबिधान सभा’ आएको हो । एक प्रकार ले भने हो भने संबिधन सभा तपाईं हरु को माग हो , उपलब्धी हो र तपाईं हरु को सन्तान हो । आज आएर आफ्नै सन्तानले अन्तिम श्वास फेरी रहेको अवस्थामा मलाई एउटा अकबर र वीरबल को कथा याद आ’छ । दुई छिमेकी रहेछन , एउटा ले दुबै जनाको जग्गा को साध् मा पर्ने गरी एउटा आप को बिरुवा रोपेछ । सानो हुन्जेल त ठिकै थियो , आप को बिरुवा बढेर जब आप फल्न थाले पछी भने दुबै छिमेकी बिच झगडा सुरु भएछ । लटरम्म आप फलेको देखे पछी अर्को छिमेको ले आप आफुले रोपेको ले आफुले खान पाउनु पर्न दाबी गरेछ । जसले आप रोपेको हो , उसले पनि मैले रोपेको मै खान पाउनु पर्छ भने पछी दुई छिमेकी रहेछन , एउटा ले दुबै जनाको जग्गा को साध् मा पर्ने गरी एउटा आप को बिरुवा रोपेछ । सानो हुन्जेल त ठिकै थियो , आप को बिरुवा बढेर जब आप फल्न थाले पछी भने दुबै छिमेकी बिच झगडा सुरु भएछ । लटरम्म आप फलेको देखे पछी अर्को छिमेको ले आप आफुले रोपेको ले आफुले खान पाउनु पर्न दाबी गरेछ । जसले आप रोपेको हो , उसले पनि मैले रोपेको मै खान पाउनु पर्छ भने पछी झगडा बड्दै गएर अकबर राजाको दरबार मा पुगेछ । राजाले कती गर्दा पनि समस्या सुल्झाउन सकेनन । अनी राजा ले समस्या सुल्झाउने जिम्मा बिरबल लाई दिएछन । बिरबल ले पनि हरेक गरे, सम्झाए, दुबै टस मस भएनन । अन्तिममा बिरबल ले दुबै लाई बोलाएर भनेछन – अब तपाईं दुबै जान आप आफु ले रोपेको दाबी गर्नु भो – अब यो आप को रुख काट्ने र दुबै लाई बराबरी भाग लागाउने । एउटा ले हुन्छ भनेछ तर अर्को ले भने आप जो सुकै ले खाए पनि हुन्छ तर रुख नकाटौ । – बस वीर बल ले पत्ता लगाए , जस्ले आप रोपेको हो , उसलाई मात्र रुखको माया हुन्छ भान्ने ।

कमरेड – जस्ले आप रोपेको हो नि , उस लाई नै माया हुन्छ – बरु जस्ले खाए खाओस , रुख काटन त भए नि ।