ट्विट् डिबेट – एउटा साझा अभियान

शुक्रबार को रात – १० बजे देखी १२ बजे

हिजो शुक्रबार को नागरिक सतर्कता सम्बन्धी ट्विट् डिबेत सुने पढे पछी केही कुरा लेख्न मन लाग्यो ।

भताभुङ देश को लथालिङ चाला छ नेपाल को । कती कराउने , कती सुनाउने , कस्लाई सुनाउने , कहिले काही दिक्क पनि लागेर आउछ । मैले बोलेर , लेखेर के होला र जस्तो पनि लाग्छ । जवाफदेहिता कुन चरा को नाम हो , जनमत भनेको के हो ? नेपाल का नेता , प्रसासक , पद मा पुगेका मान्छे लाई पता नही । क्यार्नी हो जस्तो पनि लाग्छ ।

प्रबिधी मा नेपाली हरु को पहुच पनि क्रमश सहज् हुँदै छ । यस्तो मा ट्विट् गर्ने केही मित्र हरु ले प्रस्ताब गरे अनुसार हिजो सुक्रबार राती १० बजे देखी १२ बजे सम्म को ट्विट् डेबेट ‘नागरिक सतर्कता ” लाई एउटा साझा अभियान बनाएर जनताका प्रतक्ष सरोकार का बिसय मा एउटा साजा मन्च (प्रेसर ग्रुप ) निर्माण गर्ने सानो तर प्रशसानीय प्रयास को सुरुवात भएको छ । एक्लै बोलेर लेखेर , कराएर केही हुँदैन न त आन्दोलन को नाममा अराजकता खडा गरेर समस्या समाधान हुन्छ । हामीले ले खाली आन्दोलन गर्नु भनेको , टायर् बाल्न , ढुङ्गा मुडा गर्नु होइन अब नयाँ तरिका बाट प्रबिधी को प्रयोग गरेर हामा आवाज लाई शिस्ट, भद्र र प्रभाबकारी तरिका ले समाधान हुने तह सम्म्म पुर्याउने सामुहिक प्रयास गर्नु जरुरी छ ।

म मेरो भूमिका लाई यही अन्त गरेर केही कुरा लेख्दै छु –

नागरिक सतर्कता – एउटा साझा अभियान


नागरिक सतर्कता लाई एउटा साझा अभियान बनाउने र नेपाली हरु को ब्यापक उपस्थिती गराउन प्रयास गर्नु पहिलो कदम हो । यहाँ एक जना , पाँच जना वा दस जना रोइ कराइ गरेर केही हुनेवाला छैन । धेरै नेपाली अहिले ईन्टरनेट चलाऊछ -उनिहरु लाई समेट्न जरुरी छ । ‘बोल्नेको पिठो बिक्छ ‘ भन्ने नेपाली उखान नै छ । सबै मिलेर बोल्न पर्यो त्यो पनि उचो स्वोर मा । मैले बोलेर के हुन्छ र ? किन बोल्ने ? होइन मैले पनि बोले मात्र पिठो बिक्छ भन्ने भावना बिकास गरौ ।

के गर्ने त ?
१ .यो हप्ता नागरिक सतर्कता के बिषय मा गर्ने छल फल गरौ (निस्चित बिषय तोकेर उठाउदा राम्रो होला ) भस्टाचार को बिषय उठाउने कि !, लोडसेडिङ को बिषय उठाउने कि ! अथवा सार्वजनिक यातायात को पो कुरा उठाउने कि । कम्तिमा एक हप्ता वा एक महिना को लागि निश्चित बिषय बस्तु तोकेर त्यही बिषय मा मात्र तर्क गर्ने ( नत्र भद्रगोल हुन्छ कि !)

२. धेरै नेपाली हरु अचेल ब्लग चलाऊछन , अन् लाइन मिडिया हरु पनि प्रसस्तै छन । ब्लग र अन लाईन मिडिया हरु लाई प्रभाकारी देखिएको ले मेरो ब्लगर र अन लाइन मिडिया का मित्र हरु लाई बिशेष अनुरोध छ – कम्तिमा नागरिक सतर्कता को ’boutमा एउटा पोस्ट लेखौ । ( नयाँ वेब बनाएर लेख्दा प्रभावकारी हुन अली समय लाग्ला कि )

३. मिडिया मा काम गर्ने साथी हरु ले पनि यो बिषय मा आएका लेख रचना लाई स्थान दिउ – (अरु गर्न नसके पनि हामी पाठक पत्र लेख्छौ , छापिदिउ :P)

समस्या छ (समस्यै समस्या छन ) सबैलाई थाहा छ – समाधान के त ? कसरी प्रभाबकारी होला यो अभियान –

४. हामी अहिल्यै साझा सवाल चलाऊने वा नेतालाई बोलाउने , सवाल जवाफ गर्ने स्थिती मा छैनौ – यो तितो सत्य हो । फोरम बनाउदै मा , दुई चार वटा ट्वित गर्दै मा नेता आएर जवाफ दिदैनन , निरन्तर को प्रयास बाट मात्र यो सम्भव छ । त्यसैले अहिले लाई कम्ती मा हाम्रा कुरा उनिहरु को कान सम्म पुर्‍याउने कोशीस गरौ । रेडियो सुन्ने लाई रेडियो सुनाएर , पत्रीका पढ्ने लाई पत्रीका पढाएर र ट्वित् गर्ने जान्ने लाई टुइतर नै ।

५ . प्रत्येक् पटक को डिबेट को अन्तमा एउटा निचोड निकालौ – र आ-आफ्नो ठाउँ (ब्लग , पत्रीका , पाठक पत्र) मा लेखौ ,सुनौ र सुनाउ ।
६ . यसरी निकालेको निस्कर्श लाई कनै सार्वजनिक ठाउँ मा (माइतिघर मण्डला वा शान्ती बाटिका रत्न पार्क मा ब्यानर बनाएर राखौ । (खर्च का हिसाबले किफायती हुने गरी ) या त निश्चित ठाउमा भेला भएर (महिना को अन्तिम शनिबार साझ ) गर्न सकिन्छ , शान्तिपूर्ण र मौन् रुपमा सांकेतीक बिरोध स्वोरुप बसौ – हासौ वा मैन्बत्ती / लाल्टिन बालौ । (तर सडक अबरुध नपारी , अरुलाई दु:ख नदिए । )

७ . महिना को एक दिन तोकेर अन लाइन प्रद्रशन गरौ , फोटो प्रदर्सन गरौ । तर सिस्ट र सभ्य भाषामा (ब्यग्तिगत लान्छना नलगाउ )

नबिर्सौ – थोपा थोपा मिलेर नै समुन्द्र बन्छ र सुनामी समुन्द्र ले नै ल्याउछ – कोशी को छाल केही लचार पाटो लाउदैन ।

अरु बाँकी तपाईं का बिचार {…………}

माथि का बिचार हरु नितान्त ब्याग्तिगत बिचार हुन । तपाईं लाई मनपरे शेयर गर्न सक्नुहुन्छ, मन नपरे आलोचना गर्न स्वतन्त्र हुनुहुन्छ ।