नयाँ बर्षको हार्दिक मंगलमय सुभकामना


आफ्नो चै नयाँ बर्ष को शुभकामना उही पुरानै छ है । नयाँ केही भएन बिगत बर्ष भन्दा । तेइ भएर पुरानै शुभकामना लाई अलिकती तल माथि गरे ।

धारामा “ध्वाररर…” पानी आओस ।
घरको बत्ति कहिल्यै नजाओस ।

नो कनेक्सन /इरर सुन्न नपरोस ।
केटा सांसद सुत्केरी भन्न नपरोस ।

पुष्पकमल दाहाल को सतबुध्धि आओस
झलानाथ ले फेरी झापड नखाओस ।

देश को अर्थतन्त्र सप्रेर जाओस ।
जुम्लीले पनि भात खान पाओस ।

तरुनाहरु खाडितिर नजाउन ।
देस कै माटो खोस्रेर खाउँन ।

मसाजमा तरुनि फेला नपरुन ।
निर्धोलाइ कसैले हेला नगरुन ।

बन्द र हडताल घटेर जाओस।
पर क्यापिटा इन्कम बढेर जाओस ।

वाइ सि यल ले कसैको हत्या नगरुन ।
खान नपाइ अनिकाल ले कोहि नमरुन ।

सुख र शान्ति फैलेर फैलेर जाओस ।
हुम्ला जाने “रेल गाडी” यहि बर्षमा आओस ।

मदेस-पहाड मिलेर बसुन ।
नया-संबिधान लेखेर सकुन ।

आप्पा र आम्फोइ मिलेर बाचुन ।
हासेर बाचुन /बाचेर हासुन ।

फेसबूक र टुइटर मा राम्रा गफ आउन् ।
अशान्तिको बादल हटेर जाउन् ।

गोठाटारमा एउटा “फ्ल्याट” किन्न पाइयोस ।
दसैमा घोर्ले खसि “मार” हान्न पाइयोस ।

नयाँ बर्ष ले नौलो खुशि ल्याओस ।
मेरो ब्यापार अझ सप्रेर जाओस ।

सबैको फलोस, फुलोस र पाकोस् ।
नयँ बर्षले सुख/ शान्ति डाकोस ।

नयाँ बर्ष २०६८ को हार्दिक मंगलमय सुभकामना

नेपालडायरी

पुरानो शुभकामना भने यस्तो छ ।

Advertisements

4 thoughts on “नयाँ बर्षको हार्दिक मंगलमय सुभकामना

  1. नब वर्ष २०६८ को सुखद उपल्क्ष्यमा हार्दिक मंगलमय शुभकामना !!
    साथै नवबर्षले तपाईमा नया जोस जागर र उमङ्ग ल्याओस !!
    तपाइले चालेका प्रतेक पाइलाहरुले शिखर चुम्न सफल होउन,
    साथै हजुर को सुवास्थ्य एबम दिर्घायु को कामना गद्छु,ॐ साईराम,!!
    you can contact e here narayan1983@hotmail.com raj_dev36@yahoo.com orfacebook narayandev78@yahoo.com iam from saudi arab jeddha…..orginal nepal pokara…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w