नेपाल र हङ्कङ बिच भएको ए सि सि २० कप मा नेपाले ले हग्कङ लाई दुई विकेट ले हराएको छ । आज को म्याच हेर्न म साथी आकारपोस्ट र जनक बिष्टभट्ट सँग नेपाल को एक मात्र क्रिकेट मैदान –
टि यु क्रिकेट मैदानमा पुगेको थिए । नेपालले ८ विकेट गुमाई १ सय १५ रन बनाइ विजय हासिल गरेको हो।


कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा राहुल विकले बनाएको अन्तिम एक रनले नेपालको जित सम्भव भएको हो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङ १ सय १४ रनमै समेटिएको थियो।

नेपालको लागि वसन्त रेगमी, महेबुब आलम र पारस खड्काले २-२ विकेट लिए भने अमृत भट्टराई र राहुल विकले १-१ विकेट लिएका थिए । आज मैले खिचेका केही फोटोहरु ।