-नेपालडायरी-

नेपाल–भारत–चीनको त्रिदेशीय सीमाबिन्दु लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रको नेपाली भूमि भारतले आफ्नो नक्सामा समावेश गर्‍यो । जब त्यही भूमि हुँदै मानसरोवर जाने सडक भारतले उद्घाटन गर्‍यो, नेपालले पनि प्रत्युत्तरमा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्‍यो । फलस्वरूप नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ ।

सुगौली सन्धि (४ मार्च १८१६ )पछि नेपालले विधिवत् रूपमा काली नदी (महाकाली)पारिको जमिनमा आफ्नो हैसियत गुमायो । सन्धिपछि सन् १८१५ देखि १८२१ सम्म ब्रिटिस सर्वेयर कम्पनीले नेपाल–भारतको सीमा निर्धारण गर्ने र नक्सा बनाउने काम गरेको थियो । हिस्टोरिकल सर्वे अफ इन्डियाको १८१६ को रिपोर्टको पेज ४५ मा राखिएको नक्सामा काली नदीको मुहान लिम्पियाधुरा छ । र, यो नक्सा नेपालले जारी गरेको नयाँ नक्सासँग मिल्दोजुल्दो छ । 

तत्कालीन इस्ट इन्डिया कम्पनीले २ डिसेम्बर १८१५ मा सुगौली सन्धिको मस्यौदा तयार पारेर नेपाललाई हस्ताक्षर गरी १५ दिनभित्र पठाउन भनेको थियो । तर, नेपालले उक्त सन्धिमा करिब तीन महिनापछि ४ मार्च १८१६ मा हस्ताक्षर गरेको थियो । योभन्दा पहिला पनि तत्कालीन इस्ट इन्डिया कम्पनीले २ अक्टोबर १८१५ मा सन्धिको मस्यौदा तयार पारेर नेपाललाई पठाएको थियो । त्यो वेला नेपालले सन्धिमा हस्ताक्षर गर्न आनाकानी गर्नुको कारण थियो, नेपाल कालीपारिको कुमाउ, सतलज गुमाउन चाह“दैनथ्यो । अंग्रेजले तयार पारेको सन्धिमा आफूलाई अन्याय भएको तर्क नेपालको थियो । नेपालले सन्धिमा हस्ताक्षर गर्न आनाकानी गरेपछि तत्कालीन अंग्रेज जनरल अक्टरलोनीले काठमाडौंमा आक्रमण गर्ने धम्की दिए ।

तर, फेब्रुअरी महिना लागिसकेको थियो । आक्रमण गरे पनि वर्षायाममा काठमाडौंसम्म अत्यावश्यक सामग्री पु¥याउन कठिन हुने र चा“डै काठमाडौं छोड्नुपर्छ भन्ने कुरा अंग्रेजलाई थाहा थियो । नेपालले आफूले गुमाएको कालीपारिको जमिनको ’boutमा असन्तुष्टि प्रकट गरेकाले उक्त सन्धिमा हस्ताक्षर हुन ढिलाइ भएको र इस्ट इन्डिया कम्पनीले पनि कालीपारि गुमाएको आफ्नो भूमि कुनै पनि वेला नेपालले दाबी गर्न सक्छ भन्ने कुरा बुझेरै कालीपारिको जमिनमा नेपाल र नेपालका राजाको हक लाग्नेछैन भनेर लेखिएको देखिन्छ । यसमा संलग्न विवरणअनुसार नेपालले तराई र कालीपारिको जमिन छोड्न नचाहेका कारण सन्धिमा हस्ताक्षर गर्न ढिलाइ भएको हो । यो विषय लियो ई रोजको नेपाल स्ट्राटेजी फर सर्भाइवलमा उल्लेख छ ।

सुगौली सन्धिमा हस्ताक्षर हुनुपूर्व नेपालका राजा, नेपालको तर्फबाट राजाका प्रतिनिधि गुरु गजराज मिश्र, चन्द्रशेखर उपाध्याय र ब्रिटिस (तत्कालीन कम्पनी सरकार) पक्षका लेफ्टिनेन्ट कर्णेल प्यरिस ब्राड्सबीच पटक–पटक पत्राचार भएको देखिन्छ (पेपर रेस्पेक्टिङ टु नेपौल वार, लन्डन, १८२४) ।

सन् १९१६ को डिसेम्बर १० मा नेपाल र ब्रिटिस–इन्डियाबीच सुगौली सन्धिको पूरक सन्धि भयो । सो सन्धिमा कोसीदेखि राप्तीसम्मको समथर भू–भाग र मोरङदेखि दाङसम्मका जमिन नेपाललाई फिर्ता गर्न अंग्रेज सरकार तयार भयो । सो पूरक सन्धिमा पनि नेपालको पश्चिम सिमाना काली नदी स्पष्ट उल्लेख गरिएको छ । नेपालले छुटेका भागहरू पूरक सन्धिमार्फत आफ्नो नक्सामा पारेको थियो ।

काली नदीको मुहान लिम्पियाधुरा

खासमा काली नदीको मुहान लिम्पियाधुरा हो । ब्रिटिस इन्डियाले सन् १८५६ पछि प्रकाशित गरेका नक्सामार्फत लिम्पियाधुराबाट आउने काली नदीलाई कहिले कुटी याङ्दी नामकरण गर्‍यो भने कहिले लिपुलेकपश्चिम गिरफुबाट आउने लिपुखोलालाई काली लेख्यो । सन् १९६९ पछि भारतले अझ यता कालापानीमा कृत्रिम नदी बनाएर त्यसमै जोड्यो । भारतले जबर्जस्ती हडपेको कलापानी लिपुलेक नेपालको दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्ने भए पनि त्यो क्षेत्रमा करिब ६० वर्षदेखि नेपाली नागरिकलाई जान प्रतिबन्ध छ । नेपालको कुनै उपस्थिति नभएको कालापानीभन्दा करिब १६ किलोमिटरयताको नेपाली गाउँ हो, छाङरु । छाङरु गाउँ व्यास गाउँपालिका–१ मा पर्छ । लिम्पियाधुरा र लिपुलेक कालापानीजस्तै भारतको पूर्ण नियन्त्रणमा छ ।

१७ हजार एक सय फिटमा रहेको लिपुलेक नेपाल र चीन स्वशासित तिब्बतबीच सिमानाको भञ्ज्याङ हो । नेपालको भूमि भए पनि हाल भारतले तिब्बत मानसरोवर जाने यात्राका लागि यो बाटो बनाउँदै छ । भारत–चीन युद्धपछि नेपालको उत्तरी सीमामा रहेका १८ वटा सैनिक पोस्ट हटाउनुपर्छ भनेर २५ जुन १९६९ मा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नेपालको अंग्रेजी अखबार ‘द राइजिङ नेपाल’मा अन्तर्वार्ता दिएपछि उत्पन्न तनावबीच भारतले १८ मध्ये १७ नाकाबाट सैनिक फिर्ता भयो, तर भारतीय सैनिकको एउटा सानो टुकडी कालापानीमै तिल्सी उपत्यकामा राख्यो । त्यहाँ रहेको एउटा सानो खोलालाई महाकालीको मुहान, मन्दिरलाई काली मन्दिर र त्यस क्षेत्रलाई कालीमाताको नाम दिएर भारतीय पक्षले नेपालको सीमा त्यहीँसम्म हो भनेर देखाइरहेको छ ।

(२९ डिसेम्बर १९६९ मा एसोसिएटेड प्रेसको समाचार)

नेपाल–चीन सन्धि १९६०
नेपाल र चीनबीच १९६१ अक्टोबर ५ मा भएको सीमा सन्धिको दफा १ को उपदफा (१) मा लेखिएको छ, ‘नेपाल–चीन सीमारेखा काली नदी र टिंकर नदीको पानी ढलो तथा कर्णाली (मापचू) नदीका सहायक नदीहरू र टिंकर नदीको पानी ढलो सम्मिलित भएको स्थानबाट प्रारम्भ हुन्छ । त्यहाँबाट यो दक्षिण–पूर्वतर्फ कर्णाली (मापचू) नदीका सहायक नदीहरू तथा टिंकर नदी र सेती नदीका पानी ढलो हुँदै लिपुधुरा (न्युमचिसा) हिमालको शृंखला र लिपुधुरा (टिंकर लिपु) भञ्ज्याङतक जान्छ ।’ यस सन्धिअनुसार पनि लिपुलेक नेपालको हो भन्ने प्रस्ट देखिन्छ ।

नेपाल–चीनबीच सन् १९६० मा भएको सन्धिमा १५ वटा नक्सा राखिएको छ । त्यसमा नेपाल–चीन सिमाना जोडिएका पूर्वदेखि पश्चिमसम्म रहेका स्थानका नक्सा समावेश छन् । नक्सामा ठाउँको नाम नेपाली र चिनियाँ दुवै भाषामा लेखिएको छ । सन् १९६० मै नेपालसँग सन्धि गरेर लिपुलेक नेपालकै हो भनेको चीनले हाल भारतले लिपुलेक हुँदै मानसरोवर जाने बाटो खोल्दा मुख बन्द गर्नु आश्चर्यजनक छ । यतिवेला ठूला दुवै शक्तिराष्ट्रले नेपालको सार्वभौमसत्तालाई अस्वीकार गरेर अघि बढेको देखिन्छ ।

 

नेपालका विकल्प
नेपालले लिम्पियाधुरा र लेपुलेक समावेश गरेर नयाँ नक्सा जारी गरेपछि अब नेपालसामु तीन विकल्प बाँकी छन् । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीको रक्षा गर्नु पहिलो कर्तव्य हो । नयाँ नक्सा जारी गरेपछि प्रतिक्रिया दिँदै भारतले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह गरेको छ । भारतले सिमानाका मुद्दा समाधानका लागि कूटनीतिक वार्ताको सकारात्मक वातावरण बनाउन पनि आग्रह गरेकाले नेपालले तत्काल भारतसँग वार्ताको तयारी गर्नुपर्छ । मुलुकको भू–भाग रक्षा गर्न र राष्ट्रियताजस्तो संवेदनशील विषयमा गम्भीर बन्न कूटनीतिक ढंगबाट प्रतिवाद गर्न सरकारले अग्रसरता देखाउनैपर्छ । सन् १८१६ को सुगौली सन्धि, नेपालसँग भएका दस्तावेज, तथ्य र प्रमाणका आधारमा कूटनीतिक र प्राविधिक क्षमताका साथ नेपालले भारतसँग काली नदीको मुहान लिम्पियाधुरा हो भन्ने सबुत प्रमाण पेस गर्नुपर्छ । अब सचिव र सहसचिवको नेतृत्वमा होइन, कम्तीमा परराष्ट्रमन्त्रीको नेतृत्वमा र आवश्यक परे प्रधानमन्त्रीस्तरमा वार्ता गर्नुपर्छ ।

 

दोस्रो, नेपालले भारत–चीन–नेपाल सम्मिलित त्रिदेशीय वार्ता गर्नुपर्छ । नेपालले जारी गरेको नयाँ नक्साले सन् २०१५ मा भारत र चीनले गरेको सम्झौताको २८औँ नम्बर बुँदा आकर्षित हुन्छ । नेपालले लिपुलेकसहितको नक्सा जारी गरेपछि अब नेपाल–भारत–चीन तीन पक्ष वार्तामा बस्नुपर्छ ।

अब बेइजिङ र दिल्लीले के भन्छन् होइन, चीनले सन् १९६० मै स्वीकार गरिसकेको लिपुलेक’boutमा नेपाललाई नसोधी कसरी भारत र चीन व्यापारिक मार्ग खोल्न सहमत भए भनेर नेपालले दुवै देशलाई सोध्नुपर्छ । नेपालको सहमतिविना सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका वेला यस भञ्ज्याङलाई व्यापार वृद्धिका लागि प्रयोग गर्ने विवादास्पद समझदारी भएको थियो ।

नेपाल सरकारले चिनियाँ पक्षलाई पनि बोलाएर यो सम्झौताको कारण के हो, सोध्नुपर्छ । यसको बेइजिङले काठमाडौंलाई जवाफ दिनैपर्छ । त्यो नेपाल र भारतको आपसी कुरा हो भनेर चीन पन्छिन सक्दैन र मिल्दैन पनि । कुनैवेला तिब्बत टुक्र्याउने अभियानअन्तर्गत चालिएको खम्पा विद्रोहमा विद्रोही नेता गेवाङ्दीलाई नेपाली सेनाले यही लिपुलेक भञ्ज्याङमा मारिदिएको कुरा चीनले स्मरण गर्नुपर्छ । पश्चिमा राष्ट्रले हेलिकोप्टरबाट हातहतियार र गोलीगट्ठा झारेर चीनविरुद्ध तिब्बती खम्पा परिचालन गरिरहँदा नेपालले गरेको सहयोग सम्झनु चीनको हितमा हुन्छ ।

काली नदी सहितको सन् १८५७ को नक्शा।

स्मरण रहोस्, सन् १९६० को नेपाल–चीन सन्धिअनुसार लिपुलेक नेपालको सिमाना भन्ने तथ्य प्रमाणका आधारमा हाल भारतले बनाउँदै गरेको सडक निर्माण तुरुन्तै रोकिनुपर्छ । भारतले नेपालको सीमाभित्र बनाएको सडकको काम बाँकी भए नेपालले पूरा गर्छ । भारतीय विस्तारवादले हडपेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपाल सरकारद्वारा नक्सा जारी गर्ने काम प्रशंसनीय छ । देशको मामलामा सबै तह र तप्का एक भएको यो क्षणमा अब हाम्रो भूमि व्यावहारिक रूपमै मुलुकको समृद्धिका खातिर उपयोग गर्ने वातावरण सरकारले यथाशीघ्र तयार गरोस् । यो संसद्मा उग्र राष्ट्रवादी भाषण गर्नेभन्दा दुवै छिमेकीसँग कूटनीतिक संवाद गर्ने वेला हो ।

इम्प्रुभ्ड म्याप अफ इन्डिया’ शीर्षकको २ जनवरी १८१६ मा ब्रिटिश ईण्डियाले प्रकाशित गरेको नक्सा ।

पहिलो र दोस्रो विकल्पअनुसार नेपालले आफ्नो भूमि फिर्ता लिन असफल भए तेस्रो र अन्तिम विकल्प भनेको नेपालले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई गुहार्ने नै हो । नेपालले संयुक्त राष्ट्रसंघमा सदस्यताका लागि दिएको निवेदन पत्रमा नेपाल–भारत सीमा सम्बन्धमा सुगौली सन्धि समावेश गरिएको छ । नेपालको सुगौली सन्धि मात्र त्यस्तो अभिलेख हो, जसले आदि, इत्यादि केही नभनी नेपालको पश्चिमी सीमा काली नदी हो भनेर स्पष्ट भनेको छ । नेपालले यो मुद्दालाई राष्ट्रसंघमा प्रवेश गराएमा लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई अतिक्रमित क्षेत्र भनेर स्थापित हुनेछ । नेपालसँग प्राप्त तथ्य र प्रमाणले यी तीनवटा क्षेत्र अतिक्रमित भएको देखाउँछ । त्यसैले अन्तिम विकल्पको रूपमा यो विवादलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ ।

नेपाल–भारत करिब १८ सय किलोमिटर खुला सीमा क्षेत्र छ र भारतले नेपालको एक सय २२ स्थानमा सीमा अतिक्रमण गरेको छ । नेपालले अहिले लिम्पियाधुरा, लिपुलेक र कालापानी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सक्यो भने एउटा नजिर बन्छ । सरकारले राजनीतिक दल, नागरिक समाज र विज्ञका धारणा र सुझाबहरू पनि मध्यनजर गर्दै द्विपक्षीय राजनीतिक–कूटनीतिक संवादका माध्यमबाट समाधान गर्नुपर्ने देखिन्छ । नेपालले राष्ट्रसंघको सुरक्षा परिषद्मा यो मुद्दा उठाउनेबित्तिकै यो मुद्दाको एक पक्ष अर्थात् तत्कालीन इस्ट इन्डिया कम्पनी (बेलायत) पनि यो मुद्दामा तानिन्छ र उसले पनि जवाफ दिनुपर्छ । मुद्दाको एक पक्ष भएको र बेलायतसँग त्यो समयका महत्वपूर्ण अभिलेख पनि रहेकाले नेपाललाई फाइदा पुग्न सक्छ । हामीले सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्दा हाम्रो भारतसँगको रोटीबेटीको सम्बन्ध बिग्रिन्छ भनेर चुप लागियो भने अर्को कालापानी सुस्ता वा महेशपुर फेरि नेपालले गुमाउनेछ ।

(पहिलो पटक नयाँ पत्रिकामा ‘कालापानी विवादको अन्तिम विकल्प अन्तर्राष्ट्रियकरण नै हो’ शीर्षकमा २०७७ जेठ ९ शुक्रबार प्रकाशित लेखमा नक्सा र कागजातसहित  माइ संसार  https://www.mysansar.com/2020/05/40426/ पुनः प्रकाशन गरिएको)

कालापानी विवादको अन्तिम विकल्प अन्तर्राष्ट्रियकरण नै हो

सुगौली सन्धि, भएका दस्तावेज, तथ्य र प्रमाणका आधारमा नेपालले काली नदीको मुहान लिम्पियाधुरा हो भन्ने सबुत प्रमाण पेस गर्नुपर्छ

नेपाल–भारत–चीनको त्रिदेशीय सीमाबिन्दु लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रको नेपाली भूमि भारतले आफ्नो नक्सामा समावेश गर्‍यो । जब त्यही भूमि हुँदै मानसरोवर जाने सडक भारतले उद्घाटन गर्‍यो, नेपालले पनि प्रत्युत्तरमा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्‍यो । फलस्वरूप नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ ।

सुगौली सन्धि (४ मार्च १८१६ )पछि नेपालले विधिवत् रूपमा काली नदी (महाकाली)पारिको जमिनमा आफ्नो हैसियत गुमायो । सन्धिपछि सन् १८१५ देखि १८२१ सम्म ब्रिटिस सर्वेयर कम्पनीले नेपाल–भारतको सीमा निर्धारण गर्ने र नक्सा बनाउने काम गरेको थियो । हिस्टोरिकल सर्वे अफ इन्डियाको १८१६ को रिपोर्टको पेज ४५ मा राखिएको नक्सामा काली नदीको मुहान लिम्पियाधुरा छ । र, यो नक्सा नेपालले जारी गरेको नयाँ नक्सासँग मिल्दोजुल्दो छ ।

तत्कालीन इस्ट इन्डिया कम्पनीले २ डिसेम्बर १८१५ मा सुगौली सन्धिको मस्यौदा तयार पारेर नेपाललाई हस्ताक्षर गरी १५ दिनभित्र पठाउन भनेको थियो । तर, नेपालले उक्त सन्धिमा करिब तीन महिनापछि ४ मार्च १८१६ मा हस्ताक्षर गरेको थियो । योभन्दा पहिला पनि तत्कालीन इस्ट इन्डिया कम्पनीले २ अक्टोबर १८१५ मा सन्धिको मस्यौदा तयार पारेर नेपाललाई पठाएको थियो । त्यो वेला नेपालले सन्धिमा हस्ताक्षर गर्न आनाकानी गर्नुको कारण थियो, नेपाल कालीपारिको कुमाउ, सतलज गुमाउन चाह“दैनथ्यो । अंग्रेजले तयार पारेको सन्धिमा आफूलाई अन्याय भएको तर्क नेपालको थियो । नेपालले सन्धिमा हस्ताक्षर गर्न आनाकानी गरेपछि तत्कालीन अंग्रेज जनरल अक्टरलोनीले काठमाडौंमा आक्रमण गर्ने धम्की दिए ।

तर, फेब्रुअरी महिना लागिसकेको थियो । आक्रमण गरे पनि वर्षायाममा काठमाडौंसम्म अत्यावश्यक सामग्री पु¥याउन कठिन हुने र चा“डै काठमाडौं छोड्नुपर्छ भन्ने कुरा अंग्रेजलाई थाहा थियो । नेपालले आफूले गुमाएको कालीपारिको जमिनको ’boutमा असन्तुष्टि प्रकट गरेकाले उक्त सन्धिमा हस्ताक्षर हुन ढिलाइ भएको र इस्ट इन्डिया कम्पनीले पनि कालीपारि गुमाएको आफ्नो भूमि कुनै पनि वेला नेपालले दाबी गर्न सक्छ भन्ने कुरा बुझेरै कालीपारिको जमिनमा नेपाल र नेपालका राजाको हक लाग्नेछैन भनेर लेखिएको देखिन्छ । यसमा संलग्न विवरणअनुसार नेपालले तराई र कालीपारिको जमिन छोड्न नचाहेका कारण सन्धिमा हस्ताक्षर गर्न ढिलाइ भएको हो । यो विषय लियो ई रोजको नेपाल स्ट्राटेजी फर सर्भाइवलमा उल्लेख छ ।

सुगौली सन्धिमा हस्ताक्षर हुनुपूर्व नेपालका राजा, नेपालको तर्फबाट राजाका प्रतिनिधि गुरु गजराज मिश्र, चन्द्रशेखर उपाध्याय र ब्रिटिस (तत्कालीन कम्पनी सरकार) पक्षका लेफ्टिनेन्ट कर्णेल प्यरिस ब्राड्सबीच पटक–पटक पत्राचार भएको देखिन्छ (पेपर रेस्पेक्टिङ टु नेपौल वार, लन्डन, १८२४) ।

सन् १९१६ को डिसेम्बर १० मा नेपाल र ब्रिटिस–इन्डियाबीच सुगौली सन्धिको पूरक सन्धि भयो । सो सन्धिमा कोसीदेखि राप्तीसम्मको समथर भू–भाग र मोरङदेखि दाङसम्मका जमिन नेपाललाई फिर्ता गर्न अंग्रेज सरकार तयार भयो । सो पूरक सन्धिमा पनि नेपालको पश्चिम सिमाना काली नदी स्पष्ट उल्लेख गरिएको छ । नेपालले छुटेका भागहरू पूरक सन्धिमार्फत आफ्नो नक्सामा पारेको थियो ।

काली नदीको मुहान लिम्पियाधुरा 

खासमा काली नदीको मुहान लिम्पियाधुरा हो । ब्रिटिस इन्डियाले सन् १८५६ पछि प्रकाशित गरेका नक्सामार्फत लिम्पियाधुराबाट आउने काली नदीलाई कहिले कुटी याङ्दी नामकरण गर्‍यो भने कहिले लिपुलेकपश्चिम गिरफुबाट आउने लिपुखोलालाई काली लेख्यो । सन् १९६९ पछि भारतले अझ यता कालापानीमा कृत्रिम नदी बनाएर त्यसमै जोड्यो । भारतले जबर्जस्ती हडपेको कलापानी लिपुलेक नेपालको दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्ने भए पनि त्यो क्षेत्रमा करिब ६० वर्षदेखि नेपाली नागरिकलाई जान प्रतिबन्ध छ । नेपालको कुनै उपस्थिति नभएको कालापानीभन्दा करिब १६ किलोमिटरयताको नेपाली गाउँ हो, छाङरु । छाङरु गाउँ व्यास गाउँपालिका–१ मा पर्छ । लिम्पियाधुरा र लिपुलेक कालापानीजस्तै भारतको पूर्ण नियन्त्रणमा छ ।

१७ हजार एक सय फिटमा रहेको लिपुलेक नेपाल र चीन स्वशासित तिब्बतबीच सिमानाको भञ्ज्याङ हो । नेपालको भूमि भए पनि हाल भारतले तिब्बत मानसरोवर जाने यात्राका लागि यो बाटो बनाउँदै छ । भारत–चीन युद्धपछि नेपालको उत्तरी सीमामा रहेका १८ वटा सैनिक पोस्ट हटाउनुपर्छ भनेर २५ जुन १९६९ मा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नेपालको अंग्रेजी अखबार ‘द राइजिङ नेपाल’मा अन्तर्वार्ता दिएपछि उत्पन्न तनावबीच भारतले १८ मध्ये १७ नाकाबाट सैनिक फिर्ता भयो, तर भारतीय सैनिकको एउटा सानो टुकडी कालापानीमै तिल्सी उपत्यकामा राख्यो । त्यहाँ रहेको एउटा सानो खोलालाई महाकालीको मुहान, मन्दिरलाई काली मन्दिर र त्यस क्षेत्रलाई कालीमाताको नाम दिएर भारतीय पक्षले नेपालको सीमा त्यही“सम्म हो भनेर देखाइरहेको छ । (२९ डिसेम्बर १९६९ मा एसोसिएटेड प्रेसको समाचार)

नेपालले आफूले गुमाएको कालीपारिको जमिनको ’boutमा असन्तुष्टि प्रकट गरेकाले सुगौली सन्धिमा हस्ताक्षर हुन ढिलाइ भएको र इस्ट इन्डिया कम्पनीले पनि कालीपारि गुमाएको आफ्नो भूमि कुनै पनि वेला नेपालले दाबी गर्न सक्छ भन्ने कुरा बुझेरै कालीपारिको जमिनमा नेपाल र नेपालका राजाको हक लाग्नेछैन भनेर लेखिएको देखिन्छ

नेपाल–चीन सन्धि १९६० 
नेपाल र चीनबीच १९६१ अक्टोबर ५ मा भएको सीमा सन्धिको दफा १ को उपदफा (१) मा लेखिएको छ, ‘नेपाल–चीन सीमारेखा काली नदी र टिंकर नदीको पानी ढलो तथा कर्णाली (मापचू) नदीका सहायक नदीहरू र टिंकर नदीको पानी ढलो सम्मिलित भएको स्थानबाट प्रारम्भ हुन्छ । त्यहाँबाट यो दक्षिण–पूर्वतर्फ कर्णाली (मापचू) नदीका सहायक नदीहरू तथा टिंकर नदी र सेती नदीका पानी ढलो हुँदै लिपुधुरा (न्युमचिसा) हिमालको शृंखला र लिपुधुरा (टिंकर लिपु) भञ्ज्याङतक जान्छ ।’ यस सन्धिअनुसार पनि लिपुलेक नेपालको हो भन्ने प्रस्ट देखिन्छ ।

नेपाल–चीनबीच सन् १९६० मा भएको सन्धिमा १५ वटा नक्सा राखिएको छ । त्यसमा नेपाल–चीन सिमाना जोडिएका पूर्वदेखि पश्चिमसम्म रहेका स्थानका नक्सा समावेश छन् । नक्सामा ठाउँको नाम नेपाली र चिनियाँ दुवै भाषामा लेखिएको छ । सन् १९६० मै नेपालसँग सन्धि गरेर लिपुलेक नेपालकै हो भनेको चीनले हाल भारतले लिपुलेक हुँदै मानसरोवर जाने बाटो खोल्दा मुख बन्द गर्नु आश्चर्यजनक छ । यतिवेला ठूला दुवै शक्तिराष्ट्रले नेपालको सार्वभौमसत्तालाई अस्वीकार गरेर अघि बढेको देखिन्छ ।

नेपालका विकल्प
नेपालले लिम्पियाधुरा र लेपुलेक समावेश गरेर नयाँ नक्सा जारी गरेपछि अब नेपालसामु तीन विकल्प बाँकी छन् । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीको रक्षा गर्नु पहिलो कर्तव्य हो । नयाँ नक्सा जारी गरेपछि प्रतिक्रिया दिँदै भारतले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह गरेको छ । भारतले सिमानाका मुद्दा समाधानका लागि कूटनीतिक वार्ताको सकारात्मक वातावरण बनाउन पनि आग्रह गरेकाले नेपालले तत्काल भारतसँग वार्ताको तयारी गर्नुपर्छ । मुलुकको भू–भाग रक्षा गर्न र राष्ट्रियताजस्तो संवेदनशील विषयमा गम्भीर बन्न कूटनीतिक ढंगबाट प्रतिवाद गर्न सरकारले अग्रसरता देखाउनैपर्छ । सन् १८१६ को सुगौली सन्धि, नेपालसँग भएका दस्तावेज, तथ्य र प्रमाणका आधारमा कूटनीतिक र प्राविधिक क्षमताका साथ नेपालले भारतसँग काली नदीको मुहान लिम्पियाधुरा हो भन्ने सबुत प्रमाण पेस गर्नुपर्छ । अब सचिव र सहसचिवको नेतृत्वमा होइन, कम्तीमा परराष्ट्रमन्त्रीको नेतृत्वमा र आवश्यक परे प्रधानमन्त्रीस्तरमा वार्ता गर्नुपर्छ ।

दोस्रो, नेपालले भारत–चीन–नेपाल सम्मिलित त्रिदेशीय वार्ता गर्नुपर्छ । नेपालले जारी गरेको नयाँ नक्साले सन् २०१५ मा भारत र चीनले गरेको सम्झौताको २८औँ नम्बर बुँदा आकर्षित हुन्छ । नेपालले लिपुलेकसहितको नक्सा जारी गरेपछि अब नेपाल–भारत–चीन तीन पक्ष वार्तामा बस्नुपर्छ ।

अब बेइजिङ र दिल्लीले के भन्छन् होइन, चीनले सन् १९६० मै स्वीकार गरिसकेको लिपुलेक’boutमा नेपाललाई नसोधी कसरी भारत र चीन व्यापारिक मार्ग खोल्न सहमत भए भनेर नेपालले दुवै देशलाई सोध्नुपर्छ । नेपालको सहमतिविना सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका वेला यस भञ्ज्याङलाई व्यापार वृद्धिका लागि प्रयोग गर्ने विवादास्पद समझदारी भएको थियो । नेपाल सरकारले चिनियाँ पक्षलाई पनि बोलाएर यो सम्झौताको कारण के हो, सोध्नुपर्छ । यसको बेइजिङले काठमाडौंलाई जवाफ दिनैपर्छ । त्यो नेपाल र भारतको आपसी कुरा हो भनेर चीन पन्छिन सक्दैन र मिल्दैन पनि । कुनैवेला तिब्बत टुक्र्याउने अभियानअन्तर्गत चालिएको खम्पा विद्रोहमा विद्रोही नेता गेवाङ्दीलाई नेपाली सेनाले यही लिपुलेक भञ्ज्याङमा मारिदिएको कुरा चीनले स्मरण गर्नुपर्छ । पश्चिमा राष्ट्रले हेलिकोप्टरबाट हातहतियार र गोलीगट्ठा झारेर चीनविरुद्ध तिब्बती खम्पा परिचालन गरिरहँदा नेपालले गरेको सहयोग सम्झनु चीनको हितमा हुन्छ ।
स्मरण रहोस्, सन् १९६० को नेपाल–चीन सन्धिअनुसार लिपुलेक नेपालको सिमाना भन्ने तथ्य प्रमाणका आधारमा हाल भारतले बनाउँदै गरेको सडक निर्माण तुरुन्तै रोकिनुपर्छ । भारतले नेपालको सीमाभित्र बनाएको सडकको काम बाँकी भए नेपालले पूरा गर्छ । भारतीय विस्तारवादले हडपेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपाल सरकारद्वारा नक्सा जारी गर्ने काम प्रशंसनीय छ । देशको मामलामा सबै तह र तप्का एक भएको यो क्षणमा अब हाम्रो भूमि व्यावहारिक रूपमै मुलुकको समृद्धिका खातिर उपयोग गर्ने वातावरण सरकारले यथाशीघ्र तयार गरोस् । यो संसद्मा उग्र राष्ट्रवादी भाषण गर्नेभन्दा दुवै छिमेकीसँग कूटनीतिक संवाद गर्ने वेला हो ।

पहिलो र दोस्रो विकल्पअनुसार नेपालले आफ्नो भूमि फिर्ता लिन असफल भए तेस्रो र अन्तिम विकल्प भनेको नेपालले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई गुहार्ने नै हो । नेपालले संयुक्त राष्ट्रसंघमा सदस्यताका लागि दिएको निवेदन पत्रमा नेपाल–भारत सीमा सम्बन्धमा सुगौली सन्धि समावेश गरिएको छ । नेपालको सुगौली सन्धि मात्र त्यस्तो अभिलेख हो, जसले आदि, इत्यादि केही नभनी नेपालको पश्चिमी सीमा काली नदी हो भनेर स्पष्ट भनेको छ । नेपालले यो मुद्दालाई राष्ट्रसंघमा प्रवेश गराएमा लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई अतिक्रमित क्षेत्र भनेर स्थापित हुनेछ । नेपालसँग प्राप्त तथ्य र प्रमाणले यी तीनवटा क्षेत्र अतिक्रमित भएको देखाउँछ । त्यसैले अन्तिम विकल्पको रूपमा यो विवादलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ ।

नेपाल–भारत करिब १८ सय किलोमिटर खुला सीमा क्षेत्र छ र भारतले नेपालको एक सय २२ स्थानमा सीमा अतिक्रमण गरेको छ । नेपालले अहिले लिम्पियाधुरा, लिपुलेक र कालापानी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सक्यो भने एउटा नजिर बन्छ । सरकारले राजनीतिक दल, नागरिक समाज र विज्ञका धारणा र सुझाबहरू पनि मध्यनजर गर्दै द्विपक्षीय राजनीतिक–कूटनीतिक संवादका माध्यमबाट समाधान गर्नुपर्ने देखिन्छ । नेपालले राष्ट्रसंघको सुरक्षा परिषद्मा यो मुद्दा उठाउनेबित्तिकै यो मुद्दाको एक पक्ष अर्थात् तत्कालीन इस्ट इन्डिया कम्पनी (बेलायत) पनि यो मुद्दामा तानिन्छ र उसले पनि जवाफ दिनुपर्छ । मुद्दाको एक पक्ष भएको र बेलायतसँग त्यो समयका महत्वपूर्ण अभिलेख पनि रहेकाले नेपाललाई फाइदा पुग्न सक्छ । हामीले सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्दा हाम्रो भारतसँगको रोटीबेटीको सम्बन्ध बिग्रिन्छ भनेर चुप लागियो भने अर्को कालापानी सुस्ता वा महेशपुर फेरि नेपालले गुमाउनेछ ।

नयाँ पत्रीकामा २०७७ जेठ ९ शुक्रबार प्रकाशित ।

https://nayapatrikadaily.com/news-details/43788/2020-05-22

Opera Snapshot_2020-05-22_140309_onedrive.live.com

संसार नै कोरोनाभाइरस (कोभिड १९) महामारीले भयग्रस्त भएको छ । नेपाल पनि कोरोना कहरबाट अछुतो छैन । यही महामारीको बीचमा नेपालका लागि अर्को एउटा संकट थपिएको छ  त्यो हो, भारतले नेपाली सीमा मिचेर बनाएको उत्तराखण्ड-मानसरोवर सडक । सन् २०१९ को नोभेम्बरमा भारतीय पक्षले जारी गरेको राजनीतिक नक्साले उत्तर पश्चिम नेपालको कालापानीको क्षेत्र भारतको एक भाग भएको देखाउँछ भने मे ८ मा भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै जाने उत्तराखण्ड- मानसरोवर सडकको उद्घाटन गरेपछि नेपालको सीमा मिच्ने भारतीय नीति थप उजागर हुँदै गएको छ । सन् २०१५ मे १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला च्याङ्ला-लिपुलेक नाकाबाट सीमा व्यापार अघि बढाउने सहमति भएपछि भारतले सडक बनाउन सुरु गएको हो ।

सीमा अतिक्रमण र यसका शृंखला सुरु गर्नुअघि केही कारण’bout चर्चा गरौँ :

सीमा अतिक्रमणको सुरुवात र चुरो

मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा सन् १९५२ मा भारतलाई नेपालको कालापानीलगायत १८ वटा उत्तरी सिमानामा सैनिक पोस्ट राख्न दिइयो । नेपालमा भारतीय सैनिक मिसन त्यसपछि सुरु भयो । तर, सन् १९६२ अक्टुबर २० देखि २१ नोभेम्बरसम्म चलेको भारत‑चीन युद्धमा भारतको हार भएपछि भारतीय फौज कालापानी क्षेत्रमा एकतृत भयो । पछि सन् १९६९ मा कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेला भारतीय सेना १७ ठाउँबाट फर्किए । तर, कालापानी क्षेत्रबाट फर्केनन् । कालापानी सामारिक तथा राजनीतिक महत्वको ठाउँ भएकाले रणनीतिक सुरक्षाको हिसाबले भारतीय फौज कमजोर छिमेकी नेपालको जग्गा हडपेर त्यहीँ बस्यो । र, अहिलेसम्म पनि भारतले कालापानीलाई आफ्नो कब्जामा लिइरहेको छ ।

नेपालले हालै गरेको एक सर्वेक्षणले करिब १२२ स्थानमा भारतले नेपालको सिमाना मिचेको देखाउँछ । त्यसमध्ये लिम्पियाधुरा, कालापनी र लिपुलेकको लगभग ३७४ वर्गकिलोमिटर भूभाग भारतले आफ्नो नक्सामा गाभेको छ ।

नेपालको नक्सा र सुगौली सन्धी

dhara-5

हिस्टोरिकल रेकर्ड अफ द सर्भे अफ इन्डिया भोल्युम ३ (१८१५-१८३०) पृष्ठ नं. ७८ मा भारत र नेपाल सीमा’bout उल्लेख गरिएको छ । यो नक्सा र सर्वेक्षणअनुसार पनि कालापानी क्षेत्र नेपालको हो ।

नेपालका लागि मुख्य प्रमाण भनेकै ती नक्साहरु र सुगौली सन्धीको धारा ५ ले भनेको काली नदी (महाकाली नदी) को पूर्वको भाग नेपाल हो । नेपालले संयुक्त राष्ट्रसंघमा सन् १९४९ जुलाई २२ मा दिएको निवेदनमा पनि नेपालको सिमाना’bout सुगौली सन्धी, नेपाल चाइना र नेपाल तिब्बतबीच भएको सन्धीलाई संलग्ग गरेको छ ।

नेपालका कमजोरी

यसरी नेपालसँग बलियो प्रमाण हुँदैहुँदै पनि हालसम्म भारतले कब्जा गरेको नेपाली भूमि फिर्ता लिन सकिएको छैन । चीन र भारत लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका हुन् भन्ने राम्रोसँग थाहा छ । आफ्नो भूमि फिर्ता लिन नसक्नुमा नेपालका मुख्य चार कमजोरी छन् ।

नेपालको पहिलो कमजोरी भनेको पञ्चायतमा नगेन्द्रप्रसाद रिजालका पालामा गलत नक्सा निकालेको देखिन्छ । त्यसमा लिम्पियाधुरा देखाइएको छैन । लिम्पियाधुरा समावेश गरेर नक्सा प्रकाशन गर्नुपर्नेमा पञ्चायती शासकहरूले भारतको दबाबमा गलत नक्सा प्रकाशन गरे ।

नेपालको एउटा अर्को कमजोरी कीर्तिनिधि विष्टको पालामा भयो । सन् १९६९ मा नेपालको उत्तरी सीमामा राखिएका १८ भारतीय सैन्य चेकपोस्ट र भारतीय सेना फर्काउँदा १७ ठाउँबाट मात्र फर्काइयो । कालापानी क्षेत्रबाट फर्काइएन । त्यहाँबाट नफर्किएको भारतीय फौजले त्यहीँ हेलिप्याड बनायो र स्थायी संरचना खडा गर्‍यो । कालापानीमा भएको भारतीय सेना हटाउन राज्यले त्यहाँ आफ्नो उपस्थिति जनाउन सक्नुपर्थ्यो । तर, यो विषय नेपाल सरकारको प्राथमिकतामै परेन ।

नेपालको तेस्रो कमजोरी महाकाली नदीको उद्गमस्थका विषयमा हो । नेपाल लिम्पियाधुराबाट सुरु हुने काली नदीलाई उद्गमस्थल मान्नुपर्छ भनिरहेको छ र ऐतिहासिक तथ्य र दस्तावेजले पनि त्यही देखाउँछ । दिल्ली भने आफूले पछि खडा गरेको पंखागाड खोलानजिकै कालीको मन्दिर छेउबाट निस्किएको खोलालाई काली नदीको मुहान भनेर व्याख्या गर्न खोजिरहेको छ । त्यो वास्तवमा काली नदी अर्थात् महाकाली नदीको मुहान हुँदै होइन । भारतले देखाएको खोला र लिम्पियाधुरामा पानीको बहावमै फरक छ ।

first-letter (1)

प्राप्त प्रमाणहरु र जल तथा मौसम विभागले गरेका अनुसन्धानहरुमा पनि महाकालीको मुहान लिम्पियाधुरा नै हो भन्ने कुरा प्रस्ट हुन्छ । नेपाल र भारतबीच हुने वार्तामा लिम्पियाधुराको विषय प्रवेश नै नगराउने तथा एकपटक वार्ता गर्ने र फेरि सेलाएर चुप लागेर बस्ने काम भयो । सीमा समस्या समाधानका लागि चाल्नुपर्ने कूटनीतिक प्रयासमा पनि नेपालको कमजोरी रह्यो । अहिले भारतले नयाँ नक्सा निकाल्नुको भित्री रहस्य‑ आफूले कब्जा गरेर बसिराखेको कालापानीदेखि लिम्पियाधुरासम्मको जमिनलाई आफूमा गाभ्ने दुश्प्रयास हो ।

चौथो र नेपालले अहिलेसम्म पहल नगरेको कारण नेपाल, चीन र भारत त्रिदेशीय वार्ता हो । लिपुकेक नेपाली भूमि त हुँदै हो साथै नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दु पनि हो । सन् १९६० मा नेपाल‑चीन सीमा सम्झौता भएको थियो । सम्झौतामा नेपाल र चीनबीचको पश्चिमी सीमा महाकाली तिङ्कर नदीको पानीढलोबाट सुरु भएको उल्लेख छ ।

तत्काल चाल्नुपर्ने कदम

भारतले जारी गरेका कालापानीलगायतका क्षेत्र जस्ता अन्य सीमा अतिक्रमणबाट जोगिन औपचारिक र मैत्रीपूर्ण ढंगले आफ्ना कुरा नेपालले प्रस्ट राख्नुपर्छ । ती क्षेत्र नेपाल, भारत र चीनसँग पनि जोडिएकाले भारतले चीनसँग सम्बन्धित आफ्नो असुरक्षालाई पनि प्रस्ट पार्नुपर्छ । तर, भारत सुगौली सन्धीको सर्तअनुसारको जमिन नेपाललाई दिन चाहँदैन भने सुगौली सन्धीको एउटा पक्ष ब्रिटिस इन्डिया भएको र नेपालले उक्त सन्धी उसैसँग गरेको, तत्कालीन नक्सा पनि ब्रिटिस सर्भे कम्पनी अफ इन्डियाले बनाएको हुनाले बेलायतले मध्यस्थता गर्नुपर्छ वा नेपालको जमिन नापेर दिनुपर्छ । यसका लागि नेपालले तत्काल पहल गर्नुपर्छ ।

कालापानी क्षेत्र नेपाल, भारत र चीन तीन देशको बिन्दु हो । तसर्थ, नेपाल सरकारले यो मुद्दालाई सुल्झाउन चिनियाँ पक्षसँग पनि कूटनीतिक पहल गर्नुपर्छ । भारत र चीन नेपालभन्दा ठूला देश भएकाले नेपालले गर्ने कूटनीतिक प्रयास नै हो । तर, हाम्रो अहिलेको प्रयास र सक्रियताले मात्र पुग्दैन ।

यसबाहेक नेपालले सकेसम्म चाँडो हाम्रो भूमि यहाँसम्म हो भन्ने प्रस्ट भएको नक्सा जारी गर्नुपर्छ । त्यहाँ रहेका मानिस जसले नेपाललाई तिरो तिरेका थिए, जसले जनगणनामा नाम लेखाएका थिए, उनीहरुलाई सुरक्षा अनुभूति हुनेगरी त्यहाँ राज्यले उपस्थिति जनाउनुपर्छ ।

भारतले पनि त्यो भूमि ‘विवादित’ हो भन्ने कुरा स्वीकार गरेको छ । अब यो मुद्दालाई टुङ्ग्याउन ठोस पहल हुनैपर्छ । दुई पक्षीय, त्रिपक्षीय वार्ता र मध्यस्थताबाट भए पनि यो समस्या समाधान गर्ने आँट नेपालले देखाउनैपर्छ । यसमा ढिला गर्नु हुँदैन ।

अन्त्यमा नेपाल जस्तै भारतको बंगलादेशसँग पनि सीमा विवाद छ । भनिन्छ, भारत बंगलादेशमा वार्ता गर्न बाढी आएका बेला जान्छ । नेपालमामा आउनुपर्‍यो भने अस्थिरता पैदा गरेर आउँछ । हालै भारतीय सेनापतिबाट आएको वक्तव्यले पनि भारत कतै नेपालमा अस्थिरता पैदा गर्न उद्यत त छैन ? भन्ने आशंका जन्माएको छ ।

भारतका सेनापति मात्र होइन, अरु नेता, मन्त्री र विदेश विभाग सम्हालिसकेका पूर्वप्रशासकहरुबाट पनि अब केही दिन लिपुलेकलाई लिएर उत्तेजक भाषणबाजी आउनेछन् । उनीहरु चाहन्छन्, यो विषयलाई लिएर नेपालमा अस्थिरता फैलियोस् र त्यो मौकाको फाइदा उठाउन सकियोस् । हामीले यतिबेला संयमित हुन जरूरी छ । अब पनि भारतलाई नरिझाईकन सत्तामा पुग्न सकिँदैन भन्ने मानसिकता नेपालको राजनीतिक नेतृत्वले त्याग्नुपर्छ । सन् १९४७ मा र ७२ मा भन्दा अगाडि एकैदेश भएर बसेकाहरु त आज एक‑अर्काको कट्टर दुश्मन बनेका छन् भने भारतले सदाशयता देखाउला र जमिन फिर्ता देला भनेर दिवास्वप्न देख्न अब बन्द हुनुपर्छ । हालसम्म परराष्ट्र सचिवस्तरमा भएको वार्ताबाट कुनै प्रगति हुन नसकेको निश्चित छ । अबको वार्ता कम्तीमा परराष्ट्रमन्त्रीस्तरमा हुन सक्यो भने उपलब्धि हासिल हुनसक्छ ।

 

यो आर्टिकल यहाँ https://www.newskarobar.com/views/bichar/154758.html  प्रकासित भएको छ ।

समय फरक, कथा उही , संबिधान सभा भाग दुई-

प्रसङग मधेश आन्दोलन बाटै सुरु गरौं ।
नम्बर एक –

एक जना छिमेकी छन् बिद्युत प्राधिकरणका मिटर रिडर – उमेर ५० बर्ष । राजबिराजको लंका टोलमा बस्थे , दुइटी छोरी, सानो र सुखी परिवार । सानो एउटा एक तल्ले घर । ओखढुङगाबाट मधेस झरेर जिन्दगीका ३५ साल काटेरे त्यहाँ । पिउनबाट जागिर सुरु गरेर अहिले मिटर रिडरसम्म बनेछन् ।
एक दिन कालो रात, औंसीको रात आयो आधी हुरी बोकेर, हुर्केकी एउटी छोरी, मधेस आन्दोलनको रापले उठाएर लग्यो । हार गुहार गरे , केही सिप चलेन । केही आन्दोलनका अगुवा ‘तेरी छोरी दे भन्दै आए’, उनकै भाषामा उठाए र लगे । मरी, बाँची पत्तो पाएनन् । पुर्ख्यौली घर चार लाख जतिमा बेचे र काठ्मान्डौ हानिए, हुर्केकी अर्की छोरी बचाउन ।

बाँकी यहाँ पढ्नुस् ।

अब देखी यो ब्लग http://www.nepaldiary.net मा अपडेट हुनेछ । धन्यवाद ।


राष्ट्रपती कार्यालयको बिज्ञाप्ती

१. नेपाल सरकार, मन्त्रिपरिषद् (मं.प.वै.सं. १३/०६९) को बैठकद्वारा “नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ बमोजिम संविधानसभाको कार्यकाल मिति २०६९ साल जेठ १४ गते सम्म भएको र संविधान निर्माणको कार्यलाई पूर्णता प्रदान गर्न बाँकी नै रहेकोले सर्वोच्च अदालत, विशेष इजलासको रिट नं. ०६८–WS–००१४ मिति २०६८ साल मंसिर ९ गतेको आदेशले संविधानसभाको कार्यकाल २०६९ साल जेठ १४ गते स्वतः समाप्त हुने हुँदा संविधान निर्माण कार्यलाई पूर्णता प्रदान गर्न नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ बमोजिम अर्को संविधानसभाको निर्वाचन गर्न आवश्यक भएकोले संविधानको धारा ६३ (२) बमोजिम अर्को संविधानसभाको निर्वाचन मिति २०६९ मंसिर ७ गते बिहीबार गर्ने गरी तोकिएको छ” भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मिति २०६९/२/१४ मा श्री सचिव निर्वाचन आयोगलाई लेखिएको पत्रको वोधार्थ पत्र मिति २०६९/२/१४ गते राती २३:२५ बजे यस कार्यालयमा प्राप्त भएको ।

२. तत्कालीन संविधानसभाका सम्माननीय अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले “नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ बमोजिम सम्वत् २०६४ साल चैत्र २८ गते सम्पन्न आमनिर्वाचन भई गठित संविधानसभाको कार्यावधि आज २०६९/२/१४ सम्म रहेको, संविधान निर्माणको क्रममा टुङ्गो लाग्न बाँकी विषयहरुमा सहमती कायम हुन नसकि संविधानसभा अन्तर्गतको संवैधानिक समितिबाट संविधानको पहिलो मसौदा तयार हुन नसकेको कारण कार्यसूचीको अभावमा आज निर्धारित संविधानसभाको वैठक बस्नु पर्ने आवश्यकता नै भएन । नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ मा संशोधन गरी संविधानसभाको कार्यकाल तीन महिना थप गर्नको लागि नेपाल सरकारद्वारा मिति २०६९/२/९ मा दर्ता गरिएको नेपालको अन्तरिम संविधान तेह्रौं संशोधन विधेयक, २०६९ नेपाल सरकारले आजै फिर्ता लिएको कारण आजको लागि निर्धारित व्यवस्थापिका–संसदको बैठक समेत बस्नु पर्ने औचित्य रहेन । यस परिवेशमा नेपाल सरकार मन्त्रिपरिषद्को आजै बसेको बैठकबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ (२) बमोजिम अर्को संविधानसभाको निर्वाचन गर्न मिति २०६९ मंसिर ७ गते बिहीबारको मिति तोकेको भन्ने जानकारी समेत प्राप्त हुन आएको अवस्था छ । यस स्थितिमा सम्वत् २०६५ साल जेठ १५ गते देखि प्रारम्भ भएको संविधानसभाको बैठक तथा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका–संसदको हैसियतमा कार्य गरी आएको र यही २०६९ जेठ ४ गते देखि प्रारम्भ भएको व्यवस्थापिका–संसदको एघारौं अधिवेशन समेत आज राती १२:०० बजे देखि स्वतः समाप्त भएको” भनी मिति २०६९/२/१४ मा सम्माननीय राष्ट्रपतिज्यूलाई संबोधन गरी लेख्नु भएको पत्र मिति २०६९/२/१५ गते विहान ००:१० को समयमा यस कार्यालयमा प्राप्त हुन आएको ।

३. उपर्युक्त व्यहोराबाट संविधानसभाको कार्यकाल नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ बमोजिम सम्वत् २०६९ साल जेठ १४ गते रातको १२:०० बजे देखि स्वतः समाप्त भएको र संविधानसभाले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका–संसदको हैसियतमा काम गर्न सक्ने अवस्था समेत स्वतः नरहेको ।

४. नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (७) मा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने विभिन्न ४ वटा अवस्था उल्लेख गरिएका र सो उपधाराको खण्ड (ख) मा “निज व्यवस्थापिका–संसदको सदस्य नरहेमा” भन्ने वाक्याश रहेको छ । माथिको व्यहोराबाट संविधानसभा र व्यवस्थापिका–संसदको अस्तित्व समाप्त भइसकेको स्थितिमा व्यवस्थापिका–संसदको सदस्यको हैसियतमा प्रधानमन्त्रीको उमेदवार बनी निर्वाचित हुनु भएका तत्कालीन संविधानसभाका माननीय सदस्य डा. श्री बाबुराम भट्टराईको सदस्यता समेत संविधानसभाको समाप्ति सँगसँगै स्वतः समाप्त हुन गएको ।

५. नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) मा “उपधारा (७) बमोजिम प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहनेछ” भनी उल्लेख भएको हुँदा सम्माननीय राष्ट्रपतिले सम्वत् २०६८ साल भाद्र १२ गतेका दिन तत्कालीन संविधानसभाका माननीय सदस्य डा. श्री बाबुराम भट्टराईको अध्यक्षतामा गठित मन्त्रिपरिषद्लाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म दैनिक कार्य सञ्चालन गर्न स्मरण गराउनु भएको छ । यो मन्त्रिपरिषद्द्वारा सम्पादन गरिएका कार्यहरुका निम्ति सम्माननीय राष्ट्रपतिले सम्माननीय प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवाद दिनु भएको छ ।

६. सम्माननीय राष्ट्रपतिले देशको पछिल्लो परिस्थिति प्रति विशेष जिम्मेवारी बोध गर्दै अन्तरिम संविधान, २०६३ को मर्म अनुरुप राजनीतिक सहमति र सहकार्यको संकृतिलाई प्रोत्साहित गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्नु भएको छ । संविधानसभाको अनपेक्षित अवसानका कारण उत्पन्न राजनीतिक अन्यौलको निकास शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाटै पहिल्याइने विश्वास पनि सम्माननीय राष्ट्रपतिले व्यक्त गर्नु भएको छ ।

(राष्ट्रपती कार्यालयको बिज्ञप्ती । )

अन्तत चार बर्षको अन्योल , अस्थिरता र संबिधान जारी हुदैन , ६०१ नालायक हुन केही गर्न सक्दैनन भन्ने आशंका र भ्रम लाई चिर्दै “गणतन्त्र नेपालको संबिधान २०६९” जारी भएको छ । भाग र धारा नखुलाइको भए पनि गत राती १२ बजे रेडियो नेपालको रात्रीकालिन सेवाबाट इतिहासका सर्बोच्च नायक प्रधानमन्त्री ले संबिधान जारी गरेका हुन ।
नयाँ संबिधान हेर्न यहाँ क्लिक गर्नुस् ।
माओवादी , मदेशी मोर्चा , एमाले , काङेस , जातीजनजाती, ब्रहमाण , क्षेत्री आदिका टाउकेहरु दिनभर बालुवाटारमा बसेर अत्यन्तै सौहाद्र बाताबरणमा बसेर दिन भर बार्ता गरे पछी संबिधान जारी हुने माहोल बनेको रेडियो नेपाल का क्याम्पाहरी राइ ले रासस लाई जानकारी दिएका छन ।

संबिधान यसरी अचानक जारी भएको र संबिधान ले सबै नेपाली जनतालाई एक ढिक्कामा बाधेर शान्ती र समुन्न्नतीको सन्देश दिएपछी एक हुल युवा “नया संबिधानलाई स्वागत गरौ ” भन्दै दरबारमार्गमा यसरी नाच्दै थिए ।

नयाँ संबिधानलाई स्वागत गरौ ।

इमेज च्यानलले जनाए अनुसार पछी ति युवाहरु बानेश्वोरको पानी ट्यांकी पछाडी कुनामा बसेर क्वा क्वा रोए रे । किन रोए भन्ने ’boutमा सो च्यानलले “कुरा भित्रका कुरा ” कार्यकर्ममा बताउने समाचार छ ।

संबिधान जारी भएपछी नेक्पा एमाले , कङ्ग्रेज , माओवादी , मदेशी , जनजाती , बर्मान , छेत्री , सबै मिलेर एउटा नयाँ “काट्टो” नामको स्वादिस्ट परिकारको भोज खाए, रातभरी “ए सब संबिधान , तेरे लिए ” नामको गीत मा नाचे । यता फेसबुक , टुइटर , ब्लग जस्ता सामाजिक संजाल मार्फत नेपालमा रहेका र देश बाहिर रहेका नेपालीहरुले एकोहोरो संख बजाए, संबिधान दिन सफल भएको मा संबिधान सभालाई फूल माला , अबिर चढाए र खुशीयालीमा आँखा ओभाना बनाए ।

यसरी आफ्नो संबिधान आफै लेख्ने करिब ६० बर्ष देखीको नेपाली जनताको सपना पुरा भएको मा कस्ले के भने तल हेर्नुस् –

एमाले – गजब भो । क्या संबिधान बनाइयो ।

काङेस- सबैलाई बधाई छ । यो संबिधान हामीले पो बनाएको हो त । अरुले त सहिछाप् मात्र गरेका हुन ।

माओवादी – हाम्रो पाट्टिले महान जनयुध्द गरेर ल्याएको संबिधान हाइ हाइ ।।

मदेशबादी दल :_ हमार संबिधान के स्वागत करु । सम्पुन मदेश , नया प्रदेस ।

राष्ट्रपती :- म दुखी छु देश दुखी छ । ( बज्जे , सब खुशी मा को बेला दुखी हुदो रहेछ , महाअभोयोग सामना गर्नु पर्ला )

अन्य – लै बरी लै । लै बरि लै ।। नयाँ संबिधान लै बरि लै ।।

यसरी चार बर्स को अथक प्रयास , नेताहरुको संबिधान प्रतीको मोह , गम्भिरता ले संबिधान आएको देखेर कमल थापाले थपडी बजाएर स्वागत गरे भने निर्मल निवासले एकाइस तोप को सलामी दिएको भनेर राजु भन्ने एक संबाददाताले फेस्बुकमा शेयर गरेका छन ।

सबैले संबिधान जारी भएको खुशीयालीमा ताली बजाए । देशीले बजाए , बिदेशीले बजाए , सब सब्ब्ले । तर यो देशको दुर्भाग्य !! तीन करोड नेपाली जनताले न ताली बजाए न संबिधान जारी को “काट्टो ” भोज खाए । किन्न हो कुन्नी जनताले दु:ख पो माने ।

जय देश । जय नेपाल ,

[मैले यो अत्यन्तै होसहवास मा लेखेको हो । मेरो मानसिक सन्तुलनमा कुनै गडबडी नभएको सहर्ष जानकारी गराउछु ]

होलीका थप फोटो हरु !


थप फोटो अपलोड हुँदैछ ।

शिवरात्रीका बाँकी फोटोहरु हेर्ने भए यता आउनुस् ।

This slideshow requires JavaScript.

शिवरात्रीको अगिल्लो दिन हिजो दिउसो र साँझ मा पशुपतिनाथ मन्दिर आसपास खिचेका केही फोटोहरु ।

हिन्दूहरुको एउटा अर्को चाड महाशिवरात्री आज भब्यरुपमा मनाइदैछ । भगवान भोलेनाथको पूजा अर्चर्ना गरेर मनाउने यो चाडको रौनैक संसारकै हिन्दुहरुको सबैभन्दा ठुलो तर्थस्थल पशुपतिनाथमा आज ठुलो संख्यामा दर्शनार्थीहरुको भिड छ ।

तर बिगत बर्षहरुमा भगवान को आराधाना गरेर मनाइने यो चाड आज भोली भने नराम्रो सँग गाँजा खाने , अस्लील बोल्ने र रमिता गर्न चाड को रुपमा बिकसित हुँदै गइरहेको छ । हिजो दिउसो पशुपतीनाथ घुम्न जादा देखेका केही द्रिस्य तल राख्ने जमर्को गरेको छु ।

द्रिश्य न एक :-

शिवरात्रीको प्रमुख आकर्सण मध्ये एक साधु हुन । तर शिवरात्रिमा जती साधु आएका छन , हेर्दै फोहोरी , ननुहाएकोले गन्हाउने , असभ्य बोल्ने , नेपाली कसैले नबोल्ने , सबैले साधुले हिन्दी बोल्ने , भक्तजनलाई मनपरी बोलेर गाली गर्ने छन । के साधु भनेका यस्तै हुन ? साधु को साब्दिक अर्थ त सब्य , सुसक्रित र असल भन्ने लाग्छ होइन र नेपाली भाषामा ? तर पशुपतिमा आएका साधु त एउटा पनि अली सभ्य , सफा र “साधु ” जस्ता देखिदैनन । साधुको भेषमा “**** ” जस्ता देखिन्छन ।

द्रिश्य न दुई :-


साधुले गाजा को बेपार गर्ने हो ? चिलिम बेच्ने हो ? शिवरात्रिमा आएका करिब सबै साधु हरु मन्दिर आसपास मा बसेर गाँजा बेचिरहेका छन । र प्रशासन तमासा हेरेर बसेको छ् । के नेपालको कानुन अनुसार गाँजा बेच्न छुट हो ? नत्र के को तमासा हो यो ? साधु सब्द कै अपमान हुन गरी तमासा हुँदा प्रशासन किन मौन ?

द्रिश्य न तीन :- नाङगो नाँच

पशुपतीनाथ मा हरेक शिवरात्रीमा देखिन अर्को नाटक नाङगा बाबा नामधारी कथित असभ्य र जङली मान्छेहरुको हो । तलको तस्बिर हेर्नुस् । यो बाबा नामको कलंक बिच बाटोमा बसेर ……….? बिच बाटोमा के तमासा हो ? मैले यो तस्बिर खिच्दै गर्दा यो बाटो हिड्ने महिला हरु अनुहार निहुराएर हिंड्न बाध्य थिए ।

केहीबेरमा पशुपतिको स्थानिय सुरक्षाकर्मी ले हटाउन खोज्दा अपसब्द बोल्ल्दै नाङ्गो नामको बाबा !

द्रिश्य न चार :-रुद्राक्ष को ब्यापारको नाममा ठगी


अब जती मुखे चाहिने छ् भन्ने अनी पछी बोक्रा खोलेर हेर्दा भित्र रुद्रक्ष नै नबए पनि पैसा तिर्न पर्ने रे । तपाईं को भाग्य नै तेस्ताइ रहेछ भन्दियो क्या आनन्द । भाग्यको नाममा नेपाली लाई ठग्न सजिलो छ भने पछी पश्चीमा बङाल बाट ब्यापार गर्न आइपुगेछन यिनिहरु । ल यिन्को ब्यापार को ब्यानर हेर्नुस् , बाङला भाषामा छ ।

द्रिश्य न पाँच :- गुण्डा जस्ता देखिने साधु :-
यिन्ले चै अरु साधु सँग दश दस रुपयाँ लिन्छ्न रे

फोटो आँफै बोल्छ , मैले के भन्न्नु ?

द्रिश्य न छ :-

यो नि तस्बिरले नै बताउछ । धुवामा मस्त बाबाहरु !

माथि

र तल धुवामा मस्त मेरो देशको बुढो पुस्ता र अझ तल युवा पुस्ता ।

अरु कती लेख्नु ? सिभरात्री पर्ब होइन , कुपर्ब बन्दै गएको छ ।

२०५५ सालको फागुन महिना हुनुपर्छ ।
म काठमान्डु आएको तिन बर्ष जती बिती सकेको थियो । । तीनवटा हिउद पचाइ सकेको थिए मैले यताको जाडोमा । दिनरातको रुटिङ उही थियो , स्कुल जाउ , भुरा सँग दिन भर छिनाझप्टि गर , थाकेर कोठामा आउ , पकाउन जागर चले पकाएर खाउ नत्र भोकै सुत । बस समयसारिणी मा हिडिरहेको थियो जिन्दगी ।
भक्तपुर , मुँलालाँ सडकको चिसो भुइ कोठाको बसाइ , अली परको खरिपाटीमा स्कुल , स्कुल छेउको लप्टन डाँडा , मेरो दिनचर्या थिए । आज जस्तो भिडभाड थिएन , कमलबिनायकबाट माथि लागे पछी । खाली-खाली खेत , खलियान देखिन्थे र देखिन्थ्यो पर सल्लाघरी , नगरकोट जाने बाटोमा । तर त्यो सल्लाघारी , त्यो नगरकोटले कहिल्यै तानेन मलाई । जती तान्यो त्यै लप्तन डाडोले , त्यै खरिपाटीको बिष्णुको मन्दिरले र पर भक्तपुर दरबार क्षेत्र निर रहेको सिद्ध पोखरीले । त्यो लप्टन डाँडामा बसेर मैले खुप चिहाए जीवन र जगतलाई , खुब गमे , र जीवन सम्झेर खुब रोए , भक्कनिएर रोए धेरै पटक । त्यो लप्टन डाडो , मेरो एकान्तको , मेरो तनहाइको मौन साक्षी हो ।

म काठमाडौं आएको अर्को न बर्ष हुनु पर्छ , बजारमा एउटा गीत आयो , कर्णदासको-जिन्दगी को के भरोसा , ….. दुई आँखामा एक मा हाँसो अर्को मा रुवाइ छ । दुर्भाग्य , म सँग त्यो क्यासेट सुन्ने औजार थिएन , न किन्ने ल्याकत नै थियो । तर म डेरा बसेको घरको दोस्रो तलामा त्यो गीत दिनमा करिब अठार घण्टा जती बज्थ्यो । कोठामा हुँदा म ढोका खुलाई राखेर बस्थे , ताकी त्यो गीत कन्ठ हुने गरी सुनियोस । एक दिन गीत कन्ठ भो । अनी मलाई लप्टन डाँडा जाने बहाना मिल्यो । लप्टन डाँडा को कुनामा बसेर जिन्दगी को के भरोसा … एक्लै गुङुनाउनु त छदै थियो ।
_____________________________________
अँ ,प्रसँग यता २०५५ फागुन महिनाको हुनुपर्छ ।

शिवरात्री आयो ।
(धेरै…)

आउनुहोस् सभासद लाई नमस्कार गरौ ।

शिर्सक पढेर अचम्म नहुनुस् । यो एकदम सहि र आजको आवश्यकताको कुरा हो । आउनुहोस् दाजुभाई दिदी बहिनीहरु । हाम्रा महान सभासदहरुलाई आजै देखी नमस्कार गर्न सुरु गरौ । बिहान नमस्कार गरौ , बेलुकी नमस्कार गरौ ,मध्याम्नमा , आधारातमा उठेर , झिस्मिसेमा र सकेसम्म दिनमा बारह पन्द्र पटक नमस्कार गरौ । त्यसो गरे मात्र हामी सुरक्षित हुन सक्छौ , संबिधान लेखिन सक्छ , ठुलो कुरा देस बन्छ , शान्ति र संबिधान त भो नकुरागरौ , एक महिनामा सब तयार हुन्छ । लेख्ने पढ्ने सब ,सब ।

तपाईंलाई लाग्ला के बेतुक को कुरा गरेको होला ? यो कुरामा बहुत तुक छ महासय । के खान बेतुक को कुरा हुनु ? ल के के कारण छन त तीन करोड नेपाली ले सभासद नेतालाई दैनिक नमस्कार गर्न पर्ने भन्ने खस्खस मेट्न यहाँ तल पढ्नुस् ।

पहिलो कारण , दुई बर्ष मा संबिधान बनाउछु भनेर चुबाउ ताका बाचा गरेर भोट् फुत्काए र म्याद थप्दै खाँदै गरे , जनतालाई उल्लु बनाए आफु मोज गरे यस्ता बल होइन दिमाग लगाएर भात्ता पचाउने सभादद् लाई नमस्कार नगरेर के काले कुकुर लाई नमस्कार गर्ने त ? ल हेर्नुस् क्या काइदा को “मास्तर प्लान “ लगाएर बर्ष देखी म्याद थपेको थपेकै छन त । होइन भने होइन भन्नुस् ?
भोली बिहान देखी नै नमस्कार गर्नु पर्ने दोस्रो कारण अपहरन बाट बच्ने हो । अब जनतालाई अपहरन गर्ने काममा हाम्रा सभासद लाई बिहारी गुण्डाहरुले नि नभेट्ने भाई हाले त । अनी कतै नमस्कार नगरेको झोकमा भोली बिहान तपाईं अपहरण मा पर्नु भो भने को जिम्मेवेरी हुन्छ ? हेर्नुस् , नमस्कार गर्नुस् , दिन दिनै गर्नुस् , कतै हाम्रा आदरणिय सभासदको मन पग्लेर छ्ड्दे , त्यस्लाई चै अपहरण नगर भन्दिए भने त तपाईं का बाउ आमा , श्वासनी छोराछोरी ले रोइ कराइ गर्न पर्दैन ।

अर्को नि कारण छ सभासद लाई नमस्कार गर्न पर्ने । अदालतले दोशी करार गर्दा त टेरपुच्छर लगाउदैन , मान्छे मारेको हो थुनामा राखेर कारबाही गर भन्छ अदालत , उता सभासद गरर गाडीमा दौडन्छन , पुलिस प्रशासन हेरेको हेरेइ अनी ? भोली कदाचित नमस्कार नगरेको निहुमा गोली चल्यो भने ज्यान जान के बेर ? लु हत्तपत्त नमस्कार चै गरिहाल्नुस् है , भनेको मान्नुस् , पछी यस्तो भो र उस्तो भो भन्न चै पाइदैन नि ।

थप कारण नि छ है नमस्कार गर्नै पर्ने – हाम्रा सभासद हरु अब एघार करोड को घरमा बस्न थाले रे । ए बाबा एघार करोड को घरमा बस्ने चान चुने मान्छे हुन भन्या खै कुरो बुझेको ? महल मा बस्ने को हुन्छ थाहा छ नि , राजा हुन्छ राजा । उहिले राजा महलमा बस्थे जनता सडक बाट स्वस्ति गर्थे , अब तपाईं भन्नु होला उहिलेका कुरा खुइले , इस खुइलिन्चन , उहिले एक जान राजा थिए गणतन्त्र मा बहुत छन राजा , बाल्कोट का राजा , बुढानिलकण्ठ का राजा , लाजिम्पाट का राजा , मालीगाउका राजा , कोटेशोर का राजा , राजै राजा । अनी राजा लाई नमस्कार नगरे राजाका छोरालाई झोक चल्ला र बाटोमा हिड्दा हिड्दै मुस्ताङ वा प्राडो वा पजेरो लेखेको गाडीको टायर् ढाड माथी बाट “करस” गर्ला नि अली होस् गर्नुस् है , बरु दन्काइहाल्नुस् एक नमस्कार ज्यान त बाच्छ।
उपरोक्त कारण हरु बाहेक अरु पनि धेरै कारण हुन सक्छन नमस्कार गर्न पर्ने । तपाईंले बिहान बेलुकी नमस्कार गरेको सुनेर आदरणिय सभासद खुशी हुन सक्नु हुन्छ , अहिले हामी जनताले धेर गाली गरेको हुनाले रिसाएर पो संबिधान नलिखिदिनु भएको हो कि सभासद ज्यु ले ? के पत्तो ? तसर्थ यो देसका सम्पूर्ण आदरणिय जनसमुदाय मा मेरो अपिल छ , आउनुहोस् हाम्रा सभासद लाई सिर निहुराएर दन्डवत् गरौ । कर जोरेर नमस्कार गरौ , हामी सबै मिलेर यती गर्यौ भने उहाको मन पग्लन सक्छ , हामी प्रती दया जाग्न सक्छ मान्छेको मन न हो , चाकडी ले पग्लन सक्छ , त्यसो भो भने त आसिर्बाद स्वरुप हामीलाई संबिधान मिल्न सक्छ , देस मा शान्ती कायम हुन सक्छ । अमन चयन् हुन सक्छ । गाली गरेर के हुन्छ ? हुने भा पाँच बर्षमा जे हुनु भइ हाल्थ्यो नि । नहुने कुरा मा जोड नगरौ , गाली छोड्नुस् आजै देखी सभासद लाई नमस्कार गर्नुस् , चोक मा भेटे चोक मा गर्नुस् , गल्ली मा भेटे गल्लिमा गर्नुस् , भट्टि मा भेटे भट्टि मा गर्नुस् , । मैले चै फेरी पनि गरी हाले , नमस्कार सभासद ज्यु ।

म अहिले सम्म अपहरणमा परेको पनि छैन , मेरो ज्यान पनि सही सलामद् छ , यो सब को रहस्य पनि यही हो नि । म त हरेक दिन बिहान उठेर एक पटक सभासद लाई नमस्कार गर्छु अनी मात्र नित्य कर्म गर्छु ।

नमस्कार गर्नु पर्ने पाँचौ कारण यस्तो छ फेरी -बिचरा सभासद पनि त मान्छे नै हुन – गल्ती त भाईभैहाल्छहाल्छ नि , गाली गर्न पर्छ त ? गाली गरेपछी उहाको मन दुख्दैन ? मन दुखेसी रिस उठ्छ , रिस उठेसी शान्ती , सहमति र संबिधान त भाँडमा । रिसाएको बाहुन ले बेद पढ्दैन भन्ने सुन्नु भएको छैन तपाईंले ? अब रिस उठेसी कस्ले गर्छ सम्पत्ति फिर्ता , कस्ले दिन्छ जग्गा फिर्ता ? किन दिने ? गाली गर्ने शत्रु हुन । शत्रु लाई सम्परी फिर्ता ? अह हुँदैन , यो कुरा सदै उहालाई लागेको हुन सक्छ । नमस्कार गरी हाल्नुस् , जगा फिर्ता हुन सक्छ , के थाहा ? भोली बिहान फ्याट तपाईं को कब्जा सम्पति फिर्ता भनिदे भने , बिचरा लालाबालाले मिठो मसिनी खान पाउछन यो माघको जाडोमा , लु खुरुक्क नमस्कार गर्नुस् त के आल टाल गरेको होला ?

बार्ह सत्तरी कुरो नगर्नुस् , नत्र आज सम्म त आफ्नै नाम को मात्र पासपोर्ट बेचिरहनु भएको छ सभासद ज्यु ले । भोली देखी तपाईंको नाम को समेत् पासपोर्ट बनाएर बेचिदिन सक्नु हुन्छ। के ठान्या छ तपाईंले उहालाई । पररास्ट्र मन्त्रालय उहाकै आफ्नी ससुराली जस्तो हो । बिदेशी , बङलादेशि , सबैको नेपाली पासपोर्ट त बनाइदिन सक्नेले तपाईं को नाम को पास्पोर्ट बनाउनु कुन आईतवार ? अनी पास्पोर्ट बनाएर अरब कतार मलेसिया तिर जाउला, दुई पैसा कमाउला , श्वासनि छोराछोरी पालौला भन्ने तपाईं को सपना उडाउन कुनै सोमबार चाहिदैन है । त्यसैले भनेको मान्नुस् कुरो भुझिहाल्नुभो भो होला लु हात उठाउनुस् त महासय ।
मुख्य कुरा त बाँकी नै छ । नमस्कार गरे के पाइन्छ भन्ने ? कुन सभासद्ले हो कुन्नी बुहारी निकाला गरे भन्ने ठुलो हल्ला छ बजारमा । अर्को बुहारी खोज्दै होलान अब घर मा भएकी बुहारी लाई लात हानेर निकाले पछी नयाँ बुहारी त ल्याउनै पर्योप । हेर्नुस् है झट्ट नमस्कार गरी हाल्नुस् नत्र तपाईं कि बुहारी सभासद लाई ( छोरा लाई ) मन पर्ला र झ्याप अपहरन गरेर आफ्नै बुहारी बनाउलान अनी तपाईं को छोरा को बिजोक होला उता अरब तिर । तसर्थ घर मा छोरी बुहारी हुनेले त झन मस्का लगार नमस्कार गर्न नभुल्नु होला भन्ने मेरो सुझाउ छ । माने मान्नुस् , न माने तपाईं लाई साँढे साती शनि र भ्रामरी को दशाले एकै पल्ट छोप्ला होस् गर्नुस् । नमस्कार ।

लुट –

गोपी कृष्ण हलको अध्यारो कुनामा एक्लै धुमधुम्ती बसेर करीब दुई घण्टा आँखा झिम्म नगरि बजार हल्ला र अनलाइन / सोसल मिडिया मा समेत प्रसस्त चर्चा बटुलेको चलचित्र लुट हेरर बाहिर निस्कदै गर्दा म सँगै बाहिर निस्केका एकजना प्रौढको प्रतिकृया यस्तो थियो – म्याचिस ! यस्ता नेपाली फिलिम पनि बन्दा रहेछन नि । बर्षमा मा दुई चार वटा मात्र यस्ता नेपाली चलचित्र बन्दिने हो भने पनि हाम्रो चल्चित्रको गुणस्तर छ्या भन्ने पर्ने त थिएन ।
चलचित्र सुरु हुनै लाग्दा सुरु हुने “पैसा पैसा मान्छेको जिवन पैसा ” बोल को गीत जस्तै पैसाको वारीपरी घुमेको छ लुट । हाकु काले को “बुद्दी लागा पासा “ले यस्तो “मास्तर प्लान” लगाउछ कि बाँकी चार बैक लुटेरा मात्र होइन चलचित्र हेर्ने दर्सकले पनि अन्तिम दिस्य सम्म काले को “मास्तर प्लानको” सुइको सम्म पाउदैनन । सौगात मल्लले हाकु कालेको भूमिकामा यती उत्कृष्ट अभिनय गरेका छन कि त्यो पात्र कतै त्यैही “बिष्णुमतीको किनार ” तिरबाट समाएर ल्याएको पो हो कि जस्तो लाग्छ । पानी परिरहेको बेला कतै पार्टिमा बसेर माया पिरतिका कुरा गर्ने जोडीको द्रिश्यहुन वा मोटारसाइकलले हिलो छ्याप्दा गोफ्ले रिसाएको द्रिस्य होस् , अत्यन्त सहज् र स्वाभाबिक छन । अ बैकको बोर्ड फ्लेक्समा भने अली पच्दैन :)

बर्षौ देखी एउटै ‘ट्रेन’ फितलो संबाद , कमजोर प्रस्तुतीका चलचित्र बनाएर धाक लगाउदै आएका नेपालका निर्माता निर्देसक लाई नेपाल युवाले लुट मार्फत चलचित्रकै भाषामा “लामो जस्तो चाकमा लात” दिएका छन । राजेश हमाल को केश र भुवन के सि को फेस बेचेर सिनेमाको ब्यापार गरिरहेका हरुलाई त्यती उज्यालो अनुहार नपरेका र जिङ्रिङ्ग केस भएका हाकु , पाण्डे , गोफ्ले हरुले गतिलो झापड दिएका छन । चलचित्र अनुहार देखाएर र चाक हल्लाएर चल्दैन भनेर । हाकु , पाण्डे , गोफ्ले हरुले सुरु देखी अन्त सम्म दर्सकलाई एकसुरमा बाधेर मात्र राख्दैनन , ट्वाल्ल पारीदिन्छ , अब के होला भनेर सोच्न त पाईन्छ तर के होला अनुमान गर्न अली गार्है पर्छ दर्सक लाई । ।अनुहार र छ फिट अग्लो बडी होइन , उत्क्रिस्ट अभिनय , प्रभाबकारी संबाद , र उचित सेन्स अफ ह्युमर ले लुट उत्कृष्ट चलचित्र बनेको छ ।चलचित्र हेरिरहदा यस्तो लाग्छ , पर्दामा पात्रहरु अभिनय गरिरहेका होइनन बरु वास्तविक जीवनमा हरेक दिन हुने द्रिष्य हरु पर्दामा आइरहेका छन । समाजका ज्युदा पात्रहरुलाई निर्देसक ले टपक्क टिपेर पर्दामा ल्याएका छन । कतै पनि अतिरन्जित र अस्वाभाबिक लाग्दैनन द्रिष्य र संबाद हरु ।
अभिनयमा कर्मा , सौगात , रिचा शर्मा , प्रबिण हरु जमेका छ्न । दाँयाहाङ को भने यो चल्लचित्रमा जती प्रसंसा गरे पनि काम हुन्छ अत्यन्तै उत्कृष्ट अभिनय गरेका छन दाँयाहाङ ले । नेपाली युवाले प्रसस्त संभावना र आसा देखाएका छन फेरी एक पटक चलचित्र लुट मार्फत ।

मनी , मोबाइल र मोटार्साइकल को दौडमा युवा पुस्ता जे पनि गर्न सक्दछन । १२ बर्षको द्वन्दले साना हातहतियार्को कती बिग बिगी छ कता कता त्यसको झल्को र पछिलो पटक नेपाली समाजमा हुर्कदै गएको निरसा , लोभ , लुट र अपराधीकरण लाई नजिकबाट नियालेको छ लुट ले ।

चलचित्र मुख्यत मनोरन्जको माध्यम हो । चलचित्रले के सन्देस दियो वा के सिकायो भन्दा पनि पर्याप्त मनोरन्जन र पुरा दुई घण्टा एक तमास ले दर्सकलाई बाधेर राख्न सक्नु चलचित्रको सफलता हो – लुट ले यो मामाला मा कसैलाई गुनासो गर्ने ठाउँ दिदैन । संबाद को बिच बिच मा भाषा अली अस्लील जस्तो छ । तर आम बोलिचाली कै भाषा भएको ले त्यती अस्लील लाग्दैन । बरु संबादलाई अझ प्रभाबकारी बनाए जस्तो पो लाग्छ । त्यतीको भाषालाई अस्लील मान्नु पर्ने कुनै कारण छैन ।

संगित कमजोर छ चलचित्रको , किन भने संगित आबस्यक नै छैन यो चलचित्रमा । एउटै गीत “उध्रेको चोली ” उत्क्रिस्त छ । यो गीत र यसमा भएको सब्द्लाई अस्लील मान्ने हो भने नेपाली शब्दकोष मा अस्लीलाताको परिभाषा फिरिदिए हुन्छ । “छमिया” हेर्न डान्सबार गएको द्रिश्यमा “काफलगेडी कुटुक्कै ” वा ” रेसम फिरिरी ” राख्नु पर्छ भन्नेर उफर्ने हो भने त कुरा बेग्लै हो , अन्यथा संसारकै प्राय डान्स बारमा उध्रेको चोली , पातलो पेन्टी , उठेका छातीका फाचहरु नै देख्न पाईन्छ । अन्यथा लिनु हुदैन ।

माया पिरतिका कुरा यस्तै भद्र र सौम्य नै हुन्छन तर बर्षौ देखी नेपाली सिमेमा ले भने माया पिरती भन्ने बित्तिकै झाडिमा नाच्ने वा लडिबुडी खेल्ने वा पचास् थरी रङी चङी कपडा बदलेर डाँडा कडा दौडने सिवाए केही सोचेनन “लुट ले त्यो सोच पनि बदल्दिएको छ । एउटा पात्र गोफ्ले जो बेरोजगार छ पुरा चल्चित्र भरी एउटै कपडामा देखिन्छ बैक लुटन जाने दिन बाहेक । कती स्वाभाबिक लाग्छ भने !

पुतली र हाकु को एउटा सानो संबाद लोग्ने श्वासनीको सम्बन्ध देखाउन यती प्रभाबकारी छ कि बाँकी चलचित्र फेरी उनिहरुलाई देखाउन जरुरी नै पर्दैन ।
समग्रमा पुरानी कथा बस्तु भए पनि उत्कृष्ट अभिनय , स्ट्रङ डाइलग डेलिभरी र उत्क्रिस्ट छायान्कन ले “लुट ” उत्कृष्ट बनेको छ । भन्छन नि – सफलमानिसहरु कुनै फरक काम गर्दैनन , कुनै पनि काम लाई फरक किसिमले गर्छन् , लुट ले यो भनाइलाई सहि साबित गरेको छ । तपाईं पनि एक पटक हेर्ने हो कि?

[म कुनै कला समिक्षक वा चलचित्र समिक्षक होइन । एउटा तन्नेरी , जस्ले आफ्नै उमेरका तन्नेरीले बनाएको , अभिनय गरेको चलचित्र हेरेपछी आफ्नो मन मस्तिस्क मा आउने स्वाभाबिक भाबमा प्रतिकृया जनाएको मात्र हो । बाँकी त समिक्षक ,बिध्वान मित्रहरुले लेख्नेनै छन , यस्लाई त्यही रुपमा हेरिदिनुहोला । धन्यवाद ।]

गुमाने र गोरु जुधाइ!

गोरु जुधाइ!
हरेक बर्ष गुमाने ,
बारीको डिलमा बसेर गोरु गोरु जुधाइ हेर्छ ।
गोरु लडेको हेर्छ ।
गोरु दौडेको हेर्छ ।
बर्ष दिनमा गाम्मै आउने फिरिको तमासा ।
माघे सक्रान्तीको गोरु जुधाइ ।।
____________________________
हल्ला खल्ला छ ।
कुदा-कुद छ गोरु लडाउनेको ।
माथि घरे गोरु लडाउनेको छोरोको फुर्ती बग्लै छ ।
उस्को गोरु जो लड्नमा च्याम्पेन छ ।

@@@@@@

गुमाने मख्ख छ ।
हरसाल गाउमै गोरु जुधाइ हुन्छ ।
सक्रान्तीको जात्रा हुन्छ ।
गुमाने मख्ख परेर हेर्छ ।
आँगनको डिलमा बसेर गुरु जुधाइ ।
सोच्छ ,
अरु गाममा पनि हुन्छ कि हुन्न होला गोरु जुधाइ ।
गुमाने रेडियो खोल्छ ,
वेन आए रे शहरमा
वेन गए रे शहरबाट
गुमाने रेडियो बन्द गर्छ ।
@@@@@@@@@@@@@@@@
गोरु जुधाइ सकिएको छैन ।
एक हुल शहरबाट आएका ठिटा-ठिटीहरु
गुमानेकै छेउमा बसेर गोरु जुधाइ हेर्दैछन ।।
गुमाने उनिहरुलाई हेर्छ
शहरमा गोरु जुधाइ हुन्छ कि हुन्न होला ?
गुमानेलाई खस-खस लाग्छ ।
शहरीया ठिटालाई सोध्न मनलाग्छ ।
फेरी धक लाग्छ – फोटो खिच्ने शहरीयासँग बोल्न ।
गुमाने रनभुल्लमा पर्छ ।
@@@@@@@@@@@@@@
गोरु जुधाइ तल बेगले चलिरहेछ ।
गुमानेका गोरु छैनन – जुधाउन
नत्र आजको म्याच मेरै गोरुले जिथ्यो – गुमाने दङग पर्छ ।
गुमानेलाई खस खस लाग्छ ।
शहरमा गोरु जुधाउने भे किन आउथे शहरे ठिटा ठिटी केमरा बोकेर
हुँदैन होला शहरमा ।
गुमाने मन बुझाउछ ।
@@@@@@@@@@@@@@
गुमानेको मन मान्दैन
शहरमा गोरु जुधाइ हुन्छ कि हुन्न ?
गुमानेले हिम्मत बटोर्छ र सोध्छ शहरीयासँग ।
बाबु-भाई शहरमा गोरु जुधाइ हुन्छ कि हुन्न ?
शहरीया ठिटा-ठिटी गलल हास्चन
शहरमा पनि हुन्छ नि हो गाम्ले दाजु
बानिशोर भन्ने ठाममा ।
गाममा जस्तो होइन नि
त्या त बर्षभरी चल्छ
गुमाने बोल्दैन ,
मात्र फिस्स हास्छ र पिच्च थुक्छ बलबान छाप ।
सभासदलाई भनेको होला ,
गुमाने अन्दाज काट्छ
गोरु जुधाइ सकिन्छ ।